सेन्ट्रल जोन खेल्ने महिला भलिबल टोली आज बंगलादेश जाँदै « Khabarhub

सेन्ट्रल जोन खेल्ने महिला भलिबल टोली आज बंगलादेश जाँदै


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न नेपाली टोली आज बंगलादेश जाने भएको छ ।

यही कात्तिक २१ देखि २९ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन जाने टोलीलाई नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मा, महासचिव जीतेन्द्रबहादुर चन्द, उपाध्यक्ष रञ्जन खड्कालगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए ।

नेपाली खेलाडीमा कप्तान अरुण शाहीसहित प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, अफगानिस्तान, किर्गीस्तान, माल्दिभ्स र तुर्कमेनिस्तान सहभागी छन् । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) र एभिसी सेन्ट्रल जोनको तयारीका लागि नेपाली टोलीले थाइल्याण्डमा १९ दिन प्रशिक्षण गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ६ : ०६ बजे

दलित सहमहामन्त्रीमा प्रकाश विजय

काठमाडौं– नेपाली कांग्रेसको दलित सह महामन्त्रीमा प्रकाश रसाइली स्नेही विजयी

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

नारायणगढ– नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको

राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

भोजपुर– सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी