लोकोमोटिभ मस्कोलाई हराउँदै युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ मा « Khabarhub

लोकोमोटिभ मस्कोलाई हराउँदै युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ मा


२१ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ ।

रुसको लोकोमोटिभ मस्कोलाई हराउँदै युभेन्ट्सले अन्तिम १६ को स्थान तय गरेको हो ।

बुधबार राति बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ड्युगलस कोस्टाले गोल गर्दै युभेन्ट्सलाई जित दिलाए ।

खेलमा अग्रता युभेन्ट्सले आरोन राम्सीको गोलबाट लिएको थियो । क्रिस्टियानो रोनाल्डोको फ्रि–किकको सदुपयोग गर्दै राम्सीले खेलको तेस्रो मिनेटमा युभेन्ट्सलाई अगाडी बढाएका थिए ।

खेलको १२ औ मिनेटमा पाहुना टिमका अलेक्सी मिरान्चुकले गोल गर्दै मस्को क्लबलाई खेलमा फर्काएका थिए ।

खेलको ईन्जुरी समयमा कोस्टाले गोल गर्दै युभेन्ट्सलाई नकआउट चरणमा पुर्‍याउन सहयोग गरे । समूह डीमा रहेको युभेन्ट्सले चार खेलबाट १० अंक जोड्यो । मस्कोको मात्र ३ अंक रह्यो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  ६ : २२ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने