लोकोमोटिभ मस्कोलाई हराउँदै युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ मा | Khabarhub Khabarhub

लोकोमोटिभ मस्कोलाई हराउँदै युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ मा


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ ।

रुसको लोकोमोटिभ मस्कोलाई हराउँदै युभेन्ट्सले अन्तिम १६ को स्थान तय गरेको हो ।

बुधबार राति बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ड्युगलस कोस्टाले गोल गर्दै युभेन्ट्सलाई जित दिलाए ।

खेलमा अग्रता युभेन्ट्सले आरोन राम्सीको गोलबाट लिएको थियो । क्रिस्टियानो रोनाल्डोको फ्रि–किकको सदुपयोग गर्दै राम्सीले खेलको तेस्रो मिनेटमा युभेन्ट्सलाई अगाडी बढाएका थिए ।

खेलको १२ औ मिनेटमा पाहुना टिमका अलेक्सी मिरान्चुकले गोल गर्दै मस्को क्लबलाई खेलमा फर्काएका थिए ।

खेलको ईन्जुरी समयमा कोस्टाले गोल गर्दै युभेन्ट्सलाई नकआउट चरणमा पुर्‍याउन सहयोग गरे । समूह डीमा रहेको युभेन्ट्सले चार खेलबाट १० अंक जोड्यो । मस्कोको मात्र ३ अंक रह्यो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ६ : २२ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड