युरोपा लिग : भिक्टोरिया एससीले आर्सनललाई बराबरीमा रोक्यो | Khabarhub Khabarhub

युरोपा लिग : भिक्टोरिया एससीले आर्सनललाई बराबरीमा रोक्यो


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी युरोपा लिग फुटबलको बुधबार रातिको खेलमा इंग्लिस क्लब आर्सनल बराबरीमा रोकिएको छ ।

आर्सनल पोर्चुगिज क्लब भिक्टोरिया एससीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

भिक्टोरियाको मैदानमा सुरुवाती अग्रता बनाए पनि अन्तिम केहि मिनेट सम्हालिन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८० औं मिनेटमा शोक्द्रान मुस्ताफीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

तर, खेलको इन्जुरी समयमा ब्रुनो दुआर्टेले गोल गर्दै भिक्टोरियालाई १-१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै समूह एफ को आर्सनलले ४ खेलमा १० अंक जोडेको छ । आर्सनल समूहको शीर्ष स्थानमा छ ।

भिक्टोरिया १ अंक जोडेर पुछारमा छ । भिक्टोरियाको यो पहिलो अंक समेत हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ६ : ५५ बजे

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल नारायणीमा छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय

काठमाडौंसहित विभिन्न भागमा वर्षा, दिनभर बदली हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शीर्ष स्थानको कोलकातासँग मुम्बई १८ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख ३० गते आइतबार तदनुसार