इमर्जिङ कप खेल्ने क्रिकेट टोली घोषणा, पारस र सन्दीप अटाएनन् « Khabarhub

इमर्जिङ कप खेल्ने क्रिकेट टोली घोषणा, पारस र सन्दीप अटाएनन्


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- एसीसी इमर्जिङ टिम्स कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) सचिव असोकनाथ प्याकुरेलले टोलीको घोषणा भएको जानकारी दिएका हुन्।

ज्ञानेन्द्र मल्लको कप्तानिमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। टोलीमा निवर्तमान कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने छैनन् ।

टोलीमा कप्तान मल्लसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन शराफ, सन्दिप जोरा, सुशान भारी, इशान पाण्डे, आरिफ शेख, अभिनास बोहरा, कुसल भुर्तेल छन्।

सन्दीप र पारस दुबईमा हुने टी-१० लिग खेल्न जाने भएपछि इमर्जिङ कप खेल्नबाट बञ्चित भएका हुन् । क्यानसँग पारस र सन्दीपले नो अब्जेक्सन लेटर लिइसकेका छन्।

नेपाली टोलीको म्यानेजरमा प्रशान्त विक्रम मल्ल छन् भने मुख्य प्रशिक्षकमा उमेश पटवाल रहेका छन्। यस्तै दीपेन्द्र प्रताप सिंह सहायक प्रशिक्षक रहँदा भिडियो एनालिसिष्टमारमन सिवाकोटी र फिजियोमा विक्रम न्यौपाने छन्।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ७ : २२ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न