इमर्जिङ कप खेल्ने क्रिकेट टोली घोषणा, पारस र सन्दीप अटाएनन् « Khabarhub

इमर्जिङ कप खेल्ने क्रिकेट टोली घोषणा, पारस र सन्दीप अटाएनन्


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- एसीसी इमर्जिङ टिम्स कप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) सचिव असोकनाथ प्याकुरेलले टोलीको घोषणा भएको जानकारी दिएका हुन्।

ज्ञानेन्द्र मल्लको कप्तानिमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। टोलीमा निवर्तमान कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने छैनन् ।

टोलीमा कप्तान मल्लसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन शराफ, सन्दिप जोरा, सुशान भारी, इशान पाण्डे, आरिफ शेख, अभिनास बोहरा, कुसल भुर्तेल छन्।

सन्दीप र पारस दुबईमा हुने टी-१० लिग खेल्न जाने भएपछि इमर्जिङ कप खेल्नबाट बञ्चित भएका हुन् । क्यानसँग पारस र सन्दीपले नो अब्जेक्सन लेटर लिइसकेका छन्।

नेपाली टोलीको म्यानेजरमा प्रशान्त विक्रम मल्ल छन् भने मुख्य प्रशिक्षकमा उमेश पटवाल रहेका छन्। यस्तै दीपेन्द्र प्रताप सिंह सहायक प्रशिक्षक रहँदा भिडियो एनालिसिष्टमारमन सिवाकोटी र फिजियोमा विक्रम न्यौपाने छन्।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ७ : २२ बजे

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२