ककपिटमा बसेकी युवतीको तस्वीरले विमान चालकलाई आजीवन प्रतिबन्ध « Khabarhub

ककपिटमा बसेकी युवतीको तस्वीरले विमान चालकलाई आजीवन प्रतिबन्ध


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ककपिटमा एक महिलाले खिचेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि विमान चालकलाई आजीवन प्रतिबन्ध लगाइएको छ ।

आन्तरिक उडानमा रहेको एअर ग्वेयलिनको विमानभित्र यो तस्वीर खिचिएको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ।

गत साता चिनियाँ सामाजिक सञ्जालमा उक्त तस्वीर भाइरल भएपछि विमानसेवाले ती विमानचालकलाई विमान उडान आजीवन प्रतिबन्ध लगाइएको घोषणा गर्‍यो।

तस्वीर खिच्दा ती महिला हँसिलो मुद्रा देखिन्छिन् र उनको अगाडि खानेकुरा पनि देखिन्छ।

एअर ग्वेयलिनले एउटा विज्ञप्तिमार्फत् ककपिटमा ‘असम्बन्धित मानिसलाई लगेको’ भन्दै पाइलटले उड्डययन सुरक्षाका नियमहरू उल्लङ्घन गरेको जनाएको छ।

आइतवार ती महिलाले राखेको तस्वीरको स्क्रीनशट माइक्रोब्लगिङ साइट विबोमा थेरैले सेयर गरेका थिए।

उक्त पोस्टमा ती महिलाले तस्वीरसँगै ‘क्याप्टेनलाई धन्यवाद। निकै खुसी’ लेखेकी थिइन्। चिनियाँ समाचासंस्थाको वेबसाइटका अनुसार ती महिला ग्वेयलिन विश्वविद्यालयकी प्रशिक्षार्थी विमानपरिचारिका हुन सक्ने अनुमान गरिएको जनाएको छ।

सो विमानसेवाले उक्त तस्वीर उडान हुँदाहुँदै खिचिएको हो कि हैन त्यो स्पष्ट पारेको छैन। तर चिनियाँ विमानचालक तथा समीक्षकहरूले विमान उडिरहेकै बेला फोटो खिचिएको हुन सक्ने बताएका छन्।

गत वर्ष चीनकै डोङ्गाई विमानसेवाले एक विमानचालकले श्रीमतीलाई ककपिटमा प्रवेश गर्न दिएपछि उनलाई छ महिनाका लागि निलम्बन गरेको थियो।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ७ : ४३ बजे

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।