विश्वका पशु वैज्ञानिकहरुको भेला पोखरामा « Khabarhub

विश्वका पशु वैज्ञानिकहरुको भेला पोखरामा


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले सस्टेनेवल एनिमल अर्गिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी)को सातौँ अन्तरराष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुँदैछ ।

नेपाल भेटेरीनरी एशोसिएसनको आयोजनामा हुने चार दिने सो सम्मेलनमा विश्वका करिब २४ देशका ४०० भन्दा बढी पशु चिकित्सा, पशु विज्ञान र मत्स्य क्षेत्रमा कार्यरत वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, भूटान, अफगानिस्तान, चीन, थाइल्याण्ड, मलेशिया, इण्डोनेशिया, भियतनाम, सिङ्गापुर, जापान, ताइवान, ओमान, इजरायल र दक्षिण अफ्रिका, नाइजेरिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, संयुक्त राज्य अमेरिका, क्यानाडा, फ्रान्स, चेक रिपब्लिक र स्पेनलगायतका देशबाट प्रतिनिधिहरुको सहभागिता हुने बताइएको छ ।

साना र मध्यमस्तरका किसानलाई लक्षित गरी पर्यावरणमैत्री दिगो पशुपालनका लागि पशु चिकित्सा, पशु स्वास्थ्य, पशु पोषण र घाँसेबाली तथा हिमाली क्षेत्रमा पालिने याकको संरक्षणलगायतका विषयमा सम्मेलनमा छलफल हुने एशोसिएसनका अध्यक्ष डा.शितलकाजी श्रेष्ठले बताए ।

सम्मेलनमा जलवायु परिवर्तनले विकासशील राष्ट्रका साना किसानलाई पारेको असर र त्यसलाई न्यूनीकरण गर्न गरिने उपायहरुमाथि समेत छलफल गर्ने योजना रहेको उनले बताए ।

सम्मेलनमा १६१ वटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको एशोसिएसन गण्डकीका सहसचिव डा.गणेश केसीले जानकारी दिए । सम्मेलनको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने बताए।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ८ : ०८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु