कसरी स्वस्थ राख्ने बच्चाको दाँत ? « Khabarhub

कसरी स्वस्थ राख्ने बच्चाको दाँत ?


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाँत मानिसका लागि निकै महत्त्वपूर्ण अंग हो। दाँत सपार्ने र बिगार्ने बाल्यावस्थाको खानपानमा निर्भर रहन्छ ।

सानै उमेरदेखि नै यसको हेरचाहमा विशेष ध्यानदिनुपर्ने चिकित्सक सुझाउँछन् । बच्चाहरूको दाँत बिगार्नुमा अभिभावकको अहं भूमिका रहन्छ । त्यसैले यसको हेरचाहमा उचित ध्यान दिनु जरुरी रहन्छ ।

जन्मेको छ महिनादेखि नै बच्चाहरूमा दाँत आउन शुरु हुन्छ। साढे २ वर्ष सम्ममा भने सबै दाँत आइसक्छन्। खानपानका कारण पाँच वर्ष नपुग्दै आधिजसो दाँत किराले खाइसकेको हुन्छ । शहरी क्षेत्रमा बस्ने अधिकांश बालबालिकामा देखिने यो प्रमुख समस्या पनि हो ।

तसर्थ बालबालिकालाइ धेरै गुलियो खान दिनु हुँदैन । दैनिक दुई पटक दाँत माझ्न सिकाउनुपर्छ। बिहान नास्ता वा खाना खाएपछि र बेलुका खाना खाएर सुत्नुअघि अनिवार्य रूपमा दाँत माझ्नुपर्छ। यदि दिउँसो पनि केही गुलियो खानेकुरा खाइएको छ भने दाँत माझ्नु राम्रो हुन्छ।

साना बच्चाहरूलाई दूध चुसाएर वा बोतलको दूध रातभरि खुवाएर सुताउने चलन छ। यो राम्रो होइन। यदि बच्चा धेरै नै सानो छ भने दूध वा केही खाएपछि आफूले नै उनीहरुको दाँत सफा गरिदिनुपर्छ। नरम कपडा भिजाएर पुछिदिने र थोरै पानी खुवाइदिने गर्नुपर्छ।

समयसमयमा बच्चाहरुको दाँत हल्लिएको छ कि वा किराले खाएको छ कि या मुखमा अरु कुनै समस्या छ कि परीक्षण गरिरहनुपर्छ ।

दाँतको नियमित चेकजाँच पनि गराइरहनुपर्छ यसो गर्नाले बालबालिकाको दाँतमा समस्या देखिदैन ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ८ : ३१ बजे

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।

निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

चितवन– निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व