क्यान्सरबाट जोगिन डा.पियाका ५ टिप्स « Khabarhub

क्यान्सरबाट जोगिन डा.पियाका ५ टिप्स


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

क्यान्सर प्राणघातक र जटिल रोग हो । पहिले विकसित मुलुकमा बढी क्यान्सर हुने गरे पनि अब नेपालजस्ता गरिब मुलुकमा समेत बढ्दो सहरीकरण, प्रदूषण, नकारात्मक जीवनशैली, विषादी आदिको प्रयोगलगायतका कारण यो समस्या बढिरहेको छ । स्वस्थकर जीवनशैली अपनाएर दीर्घ जीवन पाउन सकिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार क्यान्सरका ३०–५० प्रतिशतसम्मका रोगलाई जीवनशैलीमा स्वस्थकर परिवर्तन गरेर रोकथाम गर्न सकिन्छ। त्यसैले जीवनशैलीमा परिवर्तन गर्न जरुरी छ ।

डब्लूएचओका अनुसार विश्वव्यापी रूपमा क्यान्सर मृत्युको दोस्रो प्रमुख कारक हो । सन् २०१८ मा अनुमानित ९६ लाख मृत्युका लागि क्यान्सरलाई जिम्मेवार मानिएको छ। विश्वव्यापी रूपमा छमध्ये एउटा मृत्यु क्यान्सरले गर्दा हुन्छ तर हालका दिनमा क्यान्सरले हुने ७० प्रतिशतजति मृत्यु निम्न र मध्यम आय भएका मुलुकमा हुने गरेको छ।

के हो क्यान्सर ?

शरीरको कुनै पनि खण्डलाई प्रभावित गर्न सक्ने क्यान्सर रोगको एउटा ठूलो समूहको सामान्य नाम हो । हाम्रो शरीरका सबै अंग कोषले बनेका हुन्छन्। तीव्र गतिले बढ्ने असामान्य कोषिकाले गर्दा क्यान्सर हुन्छ।

क्यान्सर कोषिकामा शुरु हुन्छ। सामान्यत: शरीरले हामीलाई आवश्यकता भएअनुसार मृत पुरानो कोषिकालाई प्रतिस्थापन गर्दै नयाँ कोषिका निर्माण गर्छ तर कहिलेकाहीं यो प्रक्रिया गलत हुन्छ। नयाँ कोषिका त्यतिखेर समेत बढ्दै जान्छ, जब हामीलाई त्यसको आवश्यकता हुँदैन।

अर्कातिर, पुरानो कोषिका जतिखेर मर्नुपर्ने हो, त्यतिबेला मर्दैन। यसले अतिरिक्त कोषिकाको एउटा थुप्रो बनाउँछ, जसलाई गाँठो अर्थात टयुमर भनिन्छ तर सबै असामान्य वृद्घि वा गाँठो क्यान्सर भने हुँदैन।

नसर्ने रोगमध्ये क्यान्सर सबैभन्दा खतरनाक मानिन्छ। शुरुकै अवस्थामा थाहा नहुने र थाहा भइहाले पनि उपचार खर्च अत्यन्त महंगो हुनाले क्यान्सर तनावकाे कारण बन्छ।

कतिपय क्यान्सर वंशाणुगत भए पनि केही क्यान्सर भने हाम्रो आनीबानी, जीवनशैली र खानेकुराका कारण लाग्ने गर्छ। क्यान्सरबाट जोगिन सवैभन्दा पहिले जीवनशैलीलाई परिवर्तन गर्नुपर्ने हुन्छ । क्यान्सरबाट जोगिन क्यान्सर विशेषज्ञ डा. मदन पियाका केही टिप्स–

  • धूमपानबाट टाढा रहने।
  • मद्यपानकोे मात्रा कम गर्ने।
  • नियमित शारीरिक व्यायाम गर्ने।
  • वातावरणीय प्रदूषणबाट टाढा रहने।
  • जीवनशैलीलाई व्यवस्थित गर्ने।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ८ : ४९ बजे

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।