हात खुट्टा फुटेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी घरेलु विधि « Khabarhub

हात खुट्टा फुटेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी घरेलु विधि


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम शुरु भइसकेको छ । जाडो मौसममा देखिने साझा समस्या भनेका छाला फुस्रो हुने, हातगोडा फुट्ने लगायत हुन् । चाहे बृद्ध हुन या युवा खुट्टा फुट्ने समस्याले सवैलाई सताएको नै हुन्छ । यसरी खुट्टा फुट्दा बाक्लो अनि कडा सेतो छालाको लेउ जम्ने गर्दछ । कतिपयको रगत आउने पनि समस्या देखिन थाल्छ ।

सबैले यसलाई खुट्टा तथा कुुर्कुच्चा फुटेको भनेर परिभाषित गरेपनि वास्तवमा यो कुर्कुच्चा फुटेको भने पक्कै पनि होईन । यो शरीरको प्रतिरक्षा प्रणली भएकाले समयमै यसको सरसफाई गर्नु आवस्यक हुन्छ । यसलाई हेलचेक्रयाई गरेमा यसले बिकराल रुप लिएर निको नै नहुनेगरी त्यहिँ टाँस्सिएर बस्न सक्छ ।

जब कुनै समयमा हाम्रो नरम छाला अर्को कुनै कडा बस्तुसंग नियमित रुपमा घर्षण गर्न पुग्छ त्यसपश्चात हाम्रो छालाले आफ्नो प्रतिरक्षाका लागि एउटा कडा छालाको रक्षात्मक बाँध निर्माण गर्दछ । जसलाई ‘क्याल्स’ भनिन्छ । बिशेषगरी यो हात तथा खुट्टाहरुमा आउने गर्दछ ।

यस्तो कडा प्रकारको छालालाई तुरुन्त हटाउन निकै समस्या पर्न सक्छ । तर चिकित्सा शास्त्रको सहयोगमा असम्भब भने छैन् । तर महंगो चिकित्सा शास्त्रभन्दा घरेलु सस्ता तथा भरपर्दा उपायहरु लिएर आएका छौ जुन हात तथा खुट्टाका क्याल्सलाई हटाउन सहयोग गर्दछ ।

१. चिनी

एउटा सफा भाँडामा आधा ग्लास जति चिनी राख्नुहोस्, सो भाँडामा चिनिको आधाभाग जती मनतातो पानी, ग्लिसिरिन, शुद्ध नरिवलको तेल मिसाउन सक्नुहुनेछ । सो मिश्रणलाई घोलेर बाक्लो लेदो बनाउनुहोस् । यस्तो मिश्रणमा पुदिना पनि मिसाउन सक्नुहुनेछ । यस्तो मिश्रणलाई दैनिक रुपमा ‘क्याल्समा’ लगाउनाले फुटेको छाला तथा हात–खुट्टालाई मुलायम तथा सफा बनाउन सहयोग गर्दछ ।

२. भुइँकटहर

भुइँकटहर तास्दासाथै त्यसको बोक्राले फुटेको छालामा प्रयोग गर्नाले फुटेको छाला तथा कुर्कुच्चालाई नरम बनाउँछ । सो बोक्राले पूर्ण रुपमा तपाईको फुटेको भागमा पूरै छोप्नुहोस् र माथिवाट सफा तथा नरम कपडाले बाँध्नुहोस् । बाँधेको केही घण्टा पश्चात त्यसलाई परिवर्तन गर्नुहोस् । १ हप्तासम्म दैनिक प्रयोग गर्नाले भुइँकटहरका भएको बोक्रामा पाईने इन्जाइम र एसिडको कारणले फुटेको स्थानमा निको बनाउन सहयोग गर्दछ ।

३. मनतातो पानी

मनतातो पानीमा खुट्टा भिजाउने गर्नाले यसले प्रभावकारी तरिकाले काम गर्दछ । यस्तो प्रकारको प्रयोग नियमित गर्नाले छाला नरम हुनुका साथै फुट्ने तथा ‘क्याल्स’ जम्ने संभावना हुदैन् । यसका साथसाथै १ गिलास मनतातो पानीमा ३ चम्चा बेकिङ्ग सोडा मिसाएर खुट्टा डुवाउने गरेमा पनि खुट्टा फुट्ने समस्या समाधान हुन्छ ।

४. बेकिङ्ग सोडाः

आवश्यक्ता अनुसार मनतातो पानिमा ३(४ चम्चा बेकिङ्ग सोडा मिलाई त्यसलाई घोल्नुहोस र यसमा फुटेको हात, खुट्टाको कुर्कुच्चालाई डुबाउनुहोस् । यसो गर्नाले पनि फुटेको छालालाई निको पार्दछ । फुटको कुर्कुच्चालाई निको पार्ने सबैभन्दा सरल र सस्तो उपचार भनेको हल्का तातो पानीमा भिजाउनु नै हो ।

अन्य विधि

१. फुटेको हातलाई चाँडै सुन्दर बनाउँन नियमित मोश्चराइजर लगाउनुपर्छ । यसबाट हातको सुख्खापन या फुटेको छाला चाँडै ठिक हुन्छ ।

२. हातमा रसायनयुक्त वस्तुको साटो प्राकृतिक उत्पादनको प्रयोग आवश्यक हुन्छ ।

३. राति सुत्नुअघि कुनै राम्रो गुणस्तरको मोश्चराइजर लगाउँनुस् । दिनमा कम्तीमा पनि चारपटक मोश्चराइज क्रिम प्रयोग गर्नुपर्छ ।

४. जाडो समयमा हात बारम्बार सुख्खा हुनु स्वभाविक हुन्छ । हातमा कम तैलीय ग्रन्थी भएका कारण यस्तो हुन्छ । कपडा र भाडा धुँदा हातको अवस्था झन् खराब हुन्छ । यस्तो स्थितिमा हातलाई नियमित रुपमा एक्सफोलियट र मोश्चराइजर गर्नुपर्छ । हातमा लगाउन कतिपय प्याक घरमै पनि बनाउँन सकिन्छ ।

५. ग्लिसिरिन र गुलाब जलको मिश्रणलाई एउटा बोत्तलमा भरेर फ्रिजमा राख्नुस् र कुनै पनि काम गर्नुअघि यो मिश्रणलाई हातमा लगाएर मसाज गर्नुस् । नियमित प्रयोग गर्ने हो भने तपाईंको हात पूरानै स्थितिमा फर्कनेछ ।

६. हात धुन मोश्चराइजयुक्त साबुन प्रयोग गर्नुस्, जसबाट हात सुख्खा हुन र फाट्न पाउँदैंन । साबुन किन्नुपूर्व त्यसमा ओलिभ आयल प्रयोग गरे नगरेको ख्याल गर्नुस् ।

७. दिनभरमा आठदेखि दश गिलास पानी पिउँनुस् । यसबाट छाला नरम हुनेछ र हात फुट्ने समस्या पनि रहनेछैन । बडीलोशन या कुनै पनि क्रिमले छालालाई नरम बनाँउनेछ । तर, धेरै पानी पिउनाले शरीरलाई भित्रैदेखि नरम बनाउँनेछ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ९ : ११ बजे

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।

निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

चितवन– निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व