जाडोमा पनि डेंगुको जोखिम, साउन यता १४ हजार ६ सय ६२ जना संक्रमित | Khabarhub Khabarhub

जाडोमा पनि डेंगुको जोखिम, साउन यता १४ हजार ६ सय ६२ जना संक्रमित


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले साउन यता मुलुकभर १४ हजार ६ सय ६२ जना डेंगुबाट संक्रमित भएको जनाएको छ ।

साउन १ गतेदेखि कार्तिक १८ गतेसम्मको तथ्यांक सार्वजनिक गर्दै महाशाखाले मुलुकभर साढे तीन महिनाको अवधिमा सो संख्यामा मानिसहरु डेंगुबाट संक्रमित रहेको जनाएको हो ।

महाशाखाका अनुसार यो साढे तीन महिनाको अवधिमा प्रदेश १ मा १ हजार २ सय ४२ जनामा डेंगु देखिएको छ । त्यसैगरी प्रदेश २ मा २ सय ६८, प्रदेश ३ मा ७ हजार १ सय ५१, गण्डकी प्रदेशमा ३ हजार ८ सय ७, प्रदेश ५ मा १ हजार ९ सय ७७, कर्णाली प्रदेशमा ७३ जना र सुदूरपश्चिम प्रदेशमा १ सय ४० जनामा डेंगुको संक्रमण महाशाखले जनाएको छ ।

महाशाखाका अनुसार यो वर्ष डेंगुका कारण ६ जनाले ज्यान गुमाएका छन् । काठमाडौंमा दुई जना, सिन्धुपालचोक, सुनसरी, चितवन र डोटीमा १–१ जना गरी ६ जनाले डेंगुको संक्रमणबाट ज्यान गुमाएका हुन् । महाशाखाको पछिल्लो तथ्यांक अनुसार

सो अवधिमा सवैभन्दा बढी प्रदेश ३ को चितवनमा ३ हजार ३ सय ७८ जनामा डेंगु देखिएको छ । त्यस्तै दोस्रोमा गण्डकी प्रदेशको कास्कीमा २ हजार ८ सय ३ जना छन् ।

काठमाडौंमा पनि १ हजार ५ सय ८३ जनामा डेंगु देखिएको छ । त्यस्तै प्रदेश पाँचको रुपन्देहीमा १ हजार ४ सय २१ जना डेंगुबाट संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  १० : २८ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

आज २०८२ साल कात्तिक ४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको