विश्व ज्योतिष महासंघ यूरोप च्याप्टरको सभापतिमा नरेश सिंह ‘एष्ट्रो राज’ चयन « Khabarhub

विश्व ज्योतिष महासंघ यूरोप च्याप्टरको सभापतिमा नरेश सिंह ‘एष्ट्रो राज’ चयन


२१ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व ज्योतिष महासंघले नरेश सिंह ‘एस्ट्रो राज’लाई विश्व ज्योतिष महासंघ, यूरोप च्याप्टरको सभापतिमा चयन गरेको छ ।

बुधबार बसेको महासंघको कार्यसमिति बैठकले एस्ट्रो राजलाई सर्वसम्मतले सभापतिमा चयन गरेको हो ।

यस अघि विश्व ज्योतिष महासंघको साउथ एसिया च्याप्टरका सभापति तथा दक्षिण एशियाली महासंघको उपाध्यक्ष समेत रहेका एस्ट्रो राज लामो समयदेखि सगरमाथा टेलिभिजनमा जीवनमन्त्र कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

उनले यसअघि म्यान अफ दि इयर–२०१७ र २०१९ को अवार्ड हात पारेका छन् । त्यस्तै, वेष्ट एस्ट्रोलोजर अफ दि एसिया–२०१८ बाट समेत सम्मानित भइसकेका छन् । उनले ज्योतिष सम्बन्धी दर्जनौं अवार्ड समेत हात पारेका छन् ।

उनले ज्योतिष सम्बन्धी देश तथा विदेशमा भएका अनुसन्धानमूलक कार्यक्रमा सहभागिता जनाउँदै आएका छन् ।

एस्ट्रो राजले खबरहब डटकममा दैनिक राशिफल लगायत ज्योतिष शास्त्र सम्बन्धी समाचार, टिप्पणीहरु लेख्दै आएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  १० : १७ बजे

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल