विश्व ज्योतिष महासंघ यूरोप च्याप्टरको सभापतिमा नरेश सिंह ‘एष्ट्रो राज’ चयन « Khabarhub

विश्व ज्योतिष महासंघ यूरोप च्याप्टरको सभापतिमा नरेश सिंह ‘एष्ट्रो राज’ चयन


२१ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व ज्योतिष महासंघले नरेश सिंह ‘एस्ट्रो राज’लाई विश्व ज्योतिष महासंघ, यूरोप च्याप्टरको सभापतिमा चयन गरेको छ ।

बुधबार बसेको महासंघको कार्यसमिति बैठकले एस्ट्रो राजलाई सर्वसम्मतले सभापतिमा चयन गरेको हो ।

यस अघि विश्व ज्योतिष महासंघको साउथ एसिया च्याप्टरका सभापति तथा दक्षिण एशियाली महासंघको उपाध्यक्ष समेत रहेका एस्ट्रो राज लामो समयदेखि सगरमाथा टेलिभिजनमा जीवनमन्त्र कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

उनले यसअघि म्यान अफ दि इयर–२०१७ र २०१९ को अवार्ड हात पारेका छन् । त्यस्तै, वेष्ट एस्ट्रोलोजर अफ दि एसिया–२०१८ बाट समेत सम्मानित भइसकेका छन् । उनले ज्योतिष सम्बन्धी दर्जनौं अवार्ड समेत हात पारेका छन् ।

उनले ज्योतिष सम्बन्धी देश तथा विदेशमा भएका अनुसन्धानमूलक कार्यक्रमा सहभागिता जनाउँदै आएका छन् ।

एस्ट्रो राजले खबरहब डटकममा दैनिक राशिफल लगायत ज्योतिष शास्त्र सम्बन्धी समाचार, टिप्पणीहरु लेख्दै आएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  १० : १७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया