नेपालमै क्यान्सर उपचार निर्देशिका बन्दै, बिरामीले सहज उपचार पाउने « Khabarhub

नेपालमै क्यान्सर उपचार निर्देशिका बन्दै, बिरामीले सहज उपचार पाउने


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यान्सरका बिरामीको सहज उपचारका लागि नेपाली चिकित्सकहरुले क्यान्सर उपचार निर्देशिका बनाउने भएका छन् ।

सर्जिकल अन्कोलोजी सोसाइटी आफ नेपालले पहिलो पटक नेपाली बिरामीको अवस्था अनुसारको निर्देशिका बनाउन लागेको हो ।

नेपालमा क्यान्सरको बिरामीका उपचार गर्ने छुट्टै निर्देशिका नहुँदा बिरामीले विभिन्न किसिमका समस्या भोग्नु परेको भन्दै निर्देशिका बनाउन लागिएको सर्जिकल अन्कोलोजी सोसाइटी अफ नेपालका संयोजक डाक्टर प्रकाशराज न्यौपानेले बताए ।

डा न्यौपानेका अनुसार नेपालका क्यान्सर रोग विशेषहरुले हाल युरोप र अमेरीकामा भएका मापदण्डलाई अनुसरण गर्दै नेपाली बिरामीको उपचार गर्ने गरेका छन् ।

तर युरोप तथा अमेरीकाले बनाएको क्यान्सर सम्बन्धि कतिपय निर्देशिका अनुसार नेपाली बिरामीको उपचार गर्न सम्भव नभएको भन्दै नेपालकै बिरामीका लागि उपयुक्त हुने निर्देशिका नेपालमै बनाउन लागेको डा न्यौपानेको भनाइ छ ।

‘हाम्रीले युरोपियन अमेरिकनहरुले बनाएको निर्देशिका अनुसार उपचार गर्दै आएका छौं तर ती निर्देशिकाहरुलाई चाइना, जापान र इन्डियाले आफैले मोडिफाइ गरेका छन्,’ डा न्यौपानेले खबरहबसँग भने, ‘तर नेपालमा क्यान्सरका बिरामीको उपचारमा नेपालले नै बनाएको निर्देशिका छैन । त्यसैले युरोप अमेरीकाले बनाएको निर्देशिकालाई नै फलो गरेर सबै बिरामीलाई उपचार गर्ने सक्दैनौं । रोगको कारण र प्रवृत्ति पनि फरक छ । त्यसैले नेपालको अवस्था अनुसार निर्देशिका बनाउन लागेका छौं ।’

नेपालमा विभिन्न किसिमका क्यान्सरको उपचारहरु हुँने भएपनि सरकारले क्यान्सर रोगको उपचारबारे छुट्टै निर्देशिका बनाएको छैन । सरकारले क्यान्सररोगको उपचार निर्देशिका नबनाउदा क्यान्सरका बिरामीले उपचारमा सहज र समान पहुँच संयोगक डा न्यौपालले बताए ।

‘नेपालमा गरिवले उपचार पाउन सकेका छैनन्, धनिले मात्रै उपचारको पहुँचमा छन्,’ डा न्यौपानेले भने, खासमा यस्तो निर्देशिका सरकारले बनाउनुपर्ने हो त्यसैले हामीले सरकारसँग समन्वय गरेर नै निर्देशिका बनाउन लागेका हौं । धनि गरीब सबैले उपचार पाउन् भनेर हामीले क्यान्सरको उपचार निर्देशिका बनाउन लागेको हो ।’

डा न्यौपानेका अनुसार विदेशमा भएका क्यान्सरको उपचार सम्बन्धि निर्देशिका नेपालमा भइरहेको उपचार पद्धति सबै हेरेर सोहि अनुसार निर्देशिका बनाउने तयारी भएको छ । त्यसका लागि हरेक महिना क्यान्सर रोग विशेषज्ञहरु सबै प्रकारका क्यान्सरको विषयमा अध्ययन भइरहेको छ । करिब १० महिनामा क्यान्सर रोगको उपचार निर्देशिका बन्ने डा न्यौपानेको भनाइ छ ।

क्यान्सर रोगको उपचार निर्देशिका बनेपछि क्यान्सरका बिरामीले उपचारका लागि लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य हुने डा न्यौपानेको भनाइ छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  १ : ४१ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने