अफताव आलमको बचाउमा २८ जना वकिलले बहस गर्दै « Khabarhub

अफताव आलमको बचाउमा २८ जना वकिलले बहस गर्दै


२१ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहट बम विस्फोट प्रकरणका मुख्य अभियुक्त कांग्रेस नेता मोहम्मद अफताव आलमको अदालती बयान सकिएको छ ।

मंगलबारदेखि शुरु भएको बहस बिहीबार दिउँसो १ः२० बजेतिर सकिएको हो ।
अब केही समयमै आलमको थुनछेक बहस शुरु हुने छ ।

आलमको तर्फबाट बहस गर्नका लागि २८ जना कानून व्यवसायीहरुले वकालतनामा दर्ता गराएका छन् ।

आलमको पक्षबाट बहस गर्ने कानून व्यवसायीहरुमा वरिष्ठ अधिवक्ताहरु शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनिल पोखरेल, कृष्ण घिमिरे लगायत छन् ।

यस्तै, सरकारको तर्फबाट महान्यायाधीवक्ताको कार्यालयका एकजना सहमहान्यायाधीवक्ताको नेतृत्वमा ५ जना सरकारी वकिलहरुले बहस गर्ने छन् ।

यस्तै, आलमविरुद्ध जाहेरी दिने (पीडित) पक्षका तर्फबाट ९ जना कानून व्यवसायीले बहस गर्नका लागि आफ्नो वकालतनामा दर्ता गराएका रौतहट जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले खबरहबलाई जानकारी दिए ।

२७ चैत २०६४ मा भएको बम विस्फोट र विस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको अभियोगमा कांग्रेस नेता तथा प्रतिनिधिसभाका सदस्य आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले १२ वर्ष अगाडिको घटनामा आलमसहित १० जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थ भण्डारण र उत्पादन कसुरमा जन्मकैद सजायको मागदाबी सहित सोमबार अभियोग पत्र दायर गरेको थियो । उक्त प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले १ जनालाई मतियारको रुपमा प्रस्तुत गरी अभियोग पत्र दायर गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  १ : ४९ बजे

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर