अफताव आलमको बचाउमा २८ जना वकिलले बहस गर्दै | Khabarhub Khabarhub

अफताव आलमको बचाउमा २८ जना वकिलले बहस गर्दै


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहट बम विस्फोट प्रकरणका मुख्य अभियुक्त कांग्रेस नेता मोहम्मद अफताव आलमको अदालती बयान सकिएको छ ।

मंगलबारदेखि शुरु भएको बहस बिहीबार दिउँसो १ः२० बजेतिर सकिएको हो ।
अब केही समयमै आलमको थुनछेक बहस शुरु हुने छ ।

आलमको तर्फबाट बहस गर्नका लागि २८ जना कानून व्यवसायीहरुले वकालतनामा दर्ता गराएका छन् ।

आलमको पक्षबाट बहस गर्ने कानून व्यवसायीहरुमा वरिष्ठ अधिवक्ताहरु शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनिल पोखरेल, कृष्ण घिमिरे लगायत छन् ।

यस्तै, सरकारको तर्फबाट महान्यायाधीवक्ताको कार्यालयका एकजना सहमहान्यायाधीवक्ताको नेतृत्वमा ५ जना सरकारी वकिलहरुले बहस गर्ने छन् ।

यस्तै, आलमविरुद्ध जाहेरी दिने (पीडित) पक्षका तर्फबाट ९ जना कानून व्यवसायीले बहस गर्नका लागि आफ्नो वकालतनामा दर्ता गराएका रौतहट जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले खबरहबलाई जानकारी दिए ।

२७ चैत २०६४ मा भएको बम विस्फोट र विस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको अभियोगमा कांग्रेस नेता तथा प्रतिनिधिसभाका सदस्य आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले १२ वर्ष अगाडिको घटनामा आलमसहित १० जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थ भण्डारण र उत्पादन कसुरमा जन्मकैद सजायको मागदाबी सहित सोमबार अभियोग पत्र दायर गरेको थियो । उक्त प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले १ जनालाई मतियारको रुपमा प्रस्तुत गरी अभियोग पत्र दायर गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  १ : ४९ बजे

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली