नेपाल र कुवेतबीचको खेल भुटानमा गर्न प्रस्ताव « Khabarhub

नेपाल र कुवेतबीचको खेल भुटानमा गर्न प्रस्ताव


२१ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को छनौटअन्तर्गत कुवेतसँगको ‘होम गेम’का लागि नेपालले भुटानलाई ‘न्युट्रल भेन्यु’का रुपमा प्रस्ताव गरेको छ ।

नेपाल र कुवेतबीचको खेल आगामी मंसिर ३ गतेका लागि तोकिएको छ । यसअघि नेपाल फुटबल संघले काठमाडौंको दशरथ रंगशालामा नै खेल सञ्चालन गर्ने गरी तयारी शुरु गरेको जनाएको थियो ।

तर, एसियाली फुटबल महासंघ (एएफसी)ले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण पछि उक्त मैदानमा खेल सञ्चालन गर्न नसकिने जनाएको छ ।

एएफसीले बिहीबार मात्रै नेपाल फुटबल संघ (एन्फा)लाई पत्र लेखेर नेपाल र कुवेतबीचको खेल काठमाडौंमा गर्न नसकिने जानकारी दिएको हो ।

कुवेतसँगको ‘होम’ गेमका लागि नेपालले दशरथ रंगशालालाई एउटा मात्रै ‘भेन्यु’मा राखेको थियो ।

एन्फाले कुवेतसँगको खेल घरेलु मैदानमै सञ्चालनका लागि भनेर एएफसीलाई पत्राचार गरेको थियो । एन्फाको पत्राचारपछि यही सोमबार एएफसीको एक टोलीले दशरथ रंगशालाको स्थलगत निरीक्षण गरेको थियो । तर, निरीक्षणको क्रममा नै एएफसीको टोलीले दशरथ रंगशालाको अवस्था र जारी तयारीप्रति असन्तुष्टि जनाएको थियो ।

एएफसीले पठाएको पत्रमा दशरथ रंगशालाको मैदान खेल सञ्चालनका लागि उपयुक्त नभएको उल्लेख गरिएको छ ।

एन्फाका प्रवक्ता किरण राईले कुवेतसँगको खेलका लागि भुटानलाई ‘न्युट्रल भेन्यु’का रुपमा प्रस्ताव गरिएको बताए ।

उक्त प्रस्तावमा एएफसीले सहमति जनाए नेपाल र कुवेतबीचको खेल भुटानमा हुने छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  ३ : ०६ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६