नेपाल र कुवेतबीचको खेल भुटानमा गर्न प्रस्ताव « Khabarhub

नेपाल र कुवेतबीचको खेल भुटानमा गर्न प्रस्ताव


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को छनौटअन्तर्गत कुवेतसँगको ‘होम गेम’का लागि नेपालले भुटानलाई ‘न्युट्रल भेन्यु’का रुपमा प्रस्ताव गरेको छ ।

नेपाल र कुवेतबीचको खेल आगामी मंसिर ३ गतेका लागि तोकिएको छ । यसअघि नेपाल फुटबल संघले काठमाडौंको दशरथ रंगशालामा नै खेल सञ्चालन गर्ने गरी तयारी शुरु गरेको जनाएको थियो ।

तर, एसियाली फुटबल महासंघ (एएफसी)ले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण पछि उक्त मैदानमा खेल सञ्चालन गर्न नसकिने जनाएको छ ।

एएफसीले बिहीबार मात्रै नेपाल फुटबल संघ (एन्फा)लाई पत्र लेखेर नेपाल र कुवेतबीचको खेल काठमाडौंमा गर्न नसकिने जानकारी दिएको हो ।

कुवेतसँगको ‘होम’ गेमका लागि नेपालले दशरथ रंगशालालाई एउटा मात्रै ‘भेन्यु’मा राखेको थियो ।

एन्फाले कुवेतसँगको खेल घरेलु मैदानमै सञ्चालनका लागि भनेर एएफसीलाई पत्राचार गरेको थियो । एन्फाको पत्राचारपछि यही सोमबार एएफसीको एक टोलीले दशरथ रंगशालाको स्थलगत निरीक्षण गरेको थियो । तर, निरीक्षणको क्रममा नै एएफसीको टोलीले दशरथ रंगशालाको अवस्था र जारी तयारीप्रति असन्तुष्टि जनाएको थियो ।

एएफसीले पठाएको पत्रमा दशरथ रंगशालाको मैदान खेल सञ्चालनका लागि उपयुक्त नभएको उल्लेख गरिएको छ ।

एन्फाका प्रवक्ता किरण राईले कुवेतसँगको खेलका लागि भुटानलाई ‘न्युट्रल भेन्यु’का रुपमा प्रस्ताव गरिएको बताए ।

उक्त प्रस्तावमा एएफसीले सहमति जनाए नेपाल र कुवेतबीचको खेल भुटानमा हुने छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ३ : ०६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार