नेपाल र कुवेतबीचको खेल भुटानमा गर्न प्रस्ताव « Khabarhub

नेपाल र कुवेतबीचको खेल भुटानमा गर्न प्रस्ताव


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को छनौटअन्तर्गत कुवेतसँगको ‘होम गेम’का लागि नेपालले भुटानलाई ‘न्युट्रल भेन्यु’का रुपमा प्रस्ताव गरेको छ ।

नेपाल र कुवेतबीचको खेल आगामी मंसिर ३ गतेका लागि तोकिएको छ । यसअघि नेपाल फुटबल संघले काठमाडौंको दशरथ रंगशालामा नै खेल सञ्चालन गर्ने गरी तयारी शुरु गरेको जनाएको थियो ।

तर, एसियाली फुटबल महासंघ (एएफसी)ले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण पछि उक्त मैदानमा खेल सञ्चालन गर्न नसकिने जनाएको छ ।

एएफसीले बिहीबार मात्रै नेपाल फुटबल संघ (एन्फा)लाई पत्र लेखेर नेपाल र कुवेतबीचको खेल काठमाडौंमा गर्न नसकिने जानकारी दिएको हो ।

कुवेतसँगको ‘होम’ गेमका लागि नेपालले दशरथ रंगशालालाई एउटा मात्रै ‘भेन्यु’मा राखेको थियो ।

एन्फाले कुवेतसँगको खेल घरेलु मैदानमै सञ्चालनका लागि भनेर एएफसीलाई पत्राचार गरेको थियो । एन्फाको पत्राचारपछि यही सोमबार एएफसीको एक टोलीले दशरथ रंगशालाको स्थलगत निरीक्षण गरेको थियो । तर, निरीक्षणको क्रममा नै एएफसीको टोलीले दशरथ रंगशालाको अवस्था र जारी तयारीप्रति असन्तुष्टि जनाएको थियो ।

एएफसीले पठाएको पत्रमा दशरथ रंगशालाको मैदान खेल सञ्चालनका लागि उपयुक्त नभएको उल्लेख गरिएको छ ।

एन्फाका प्रवक्ता किरण राईले कुवेतसँगको खेलका लागि भुटानलाई ‘न्युट्रल भेन्यु’का रुपमा प्रस्ताव गरिएको बताए ।

उक्त प्रस्तावमा एएफसीले सहमति जनाए नेपाल र कुवेतबीचको खेल भुटानमा हुने छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ३ : ०६ बजे

मोटरेवल पुल निर्माणसंगै रेश र धम्जावासीलाई सहज

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा एकसाथ दुई मोटेरबल पुल निर्माण गरिएको

क्यानाडाको हिन्दू मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएको भन्दै भारतको आपत्ति

काठमाडौँ- क्यानाडाको ब्राम्पटनस्थित गौरीशङ्कर मन्दिरको हातामा भारतविरोधी भित्तेचित्र बनाइएको भन्दै भारतले

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध परेको

परराष्ट्रमन्त्री पौड्याल र राजदूत चौधरीबीच भेटवार्ता  

काठमाडौँ– परराष्ट्रमन्त्री डा विमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका

पशुपति क्षेत्रलाई सफा र स्वच्छ बनाउनुपर्नेमा मन्त्री किरातीको जोड

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विश्वभर फैलिएका