उपनिर्वाचन– राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी दर्ता « Khabarhub

उपनिर्वाचन– राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी दर्ता


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको उप निर्वाचनका लागि राप्रपाका उमेदवारहरुले आज निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरेका छन् ।

प्रतिनिधिसभा तर्फ कास्कीको क्षेत्र नं-२ मा रोम बहादुर भण्डारी, दाङ क्षेत्र नं-३ (ख)मा भुपाल रावत, भक्तपुर क्षेत्र नं-१ (क) मा श्याम प्रसाद नेपाल र बागलुङ क्षेत्र नं-२(ख) मा गणेश कुँवरले आज मनोनयन दर्ता गरेका हुन् ।

कास्कीमा राप्रपा अध्यक्ष कमल थापाको नेतृत्वमा उपाध्यक्ष राजीब पराजुली, उपाध्यक्ष तोरण बहादुर गुरुङ, गण्डकी प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ सहित पृथ्वी चोकबाट निस्केको विशाल र्‍यालीले पोखरा नगर परिक्रमा गर्दै निर्वाचन कार्यालयमा उमेदवार भण्डारीको उमेदवारी मनोनयन दर्ता गरिएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

यसैगरी भक्तपुरमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा उपाध्यक्ष टंक ढकाल, उपाध्यक्ष रोशन कार्की, प्रदेश-३ का अध्यक्ष विक्रम बहादुर थापा सहित, दाङमा उपाध्यक्ष प्रेमबहादुर भण्डारीको नेतृत्वमा प्रदेश-५ का अध्यक्ष प्रदीप कुमार उदय सहित र बागलुङमा उपाध्यक्ष भिम प्रसाद गौचनको नेतृत्वमा र्‍याली सहित निर्वाचन कार्यालय पुगेर उमेदवारी दर्ता भएको छ ।

यसैगरी राप्रपाले स्थानीय तहका सबै रिक्त स्थानमा हुने उप निर्वाचनमा उमेदवारी दिनेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ४ : ५९ बजे

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको