उपनिर्वाचन– राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी दर्ता | Khabarhub Khabarhub

उपनिर्वाचन– राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी दर्ता


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको उप निर्वाचनका लागि राप्रपाका उमेदवारहरुले आज निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरेका छन् ।

प्रतिनिधिसभा तर्फ कास्कीको क्षेत्र नं-२ मा रोम बहादुर भण्डारी, दाङ क्षेत्र नं-३ (ख)मा भुपाल रावत, भक्तपुर क्षेत्र नं-१ (क) मा श्याम प्रसाद नेपाल र बागलुङ क्षेत्र नं-२(ख) मा गणेश कुँवरले आज मनोनयन दर्ता गरेका हुन् ।

कास्कीमा राप्रपा अध्यक्ष कमल थापाको नेतृत्वमा उपाध्यक्ष राजीब पराजुली, उपाध्यक्ष तोरण बहादुर गुरुङ, गण्डकी प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ सहित पृथ्वी चोकबाट निस्केको विशाल र्‍यालीले पोखरा नगर परिक्रमा गर्दै निर्वाचन कार्यालयमा उमेदवार भण्डारीको उमेदवारी मनोनयन दर्ता गरिएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

यसैगरी भक्तपुरमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा उपाध्यक्ष टंक ढकाल, उपाध्यक्ष रोशन कार्की, प्रदेश-३ का अध्यक्ष विक्रम बहादुर थापा सहित, दाङमा उपाध्यक्ष प्रेमबहादुर भण्डारीको नेतृत्वमा प्रदेश-५ का अध्यक्ष प्रदीप कुमार उदय सहित र बागलुङमा उपाध्यक्ष भिम प्रसाद गौचनको नेतृत्वमा र्‍याली सहित निर्वाचन कार्यालय पुगेर उमेदवारी दर्ता भएको छ ।

यसैगरी राप्रपाले स्थानीय तहका सबै रिक्त स्थानमा हुने उप निर्वाचनमा उमेदवारी दिनेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ४ : ५९ बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर