मेडिकल शिक्षामा ७५ प्रतिशत छात्रवृत्तिका लागि ७५ करोड « Khabarhub

मेडिकल शिक्षामा ७५ प्रतिशत छात्रवृत्तिका लागि ७५ करोड


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चिकित्सा शिक्षा ऐन अनुसार मेडिकल शिक्षामा ७५ प्रतिशत छात्रवृत्ति कार्यक्रमका लागि ७५ करोड रकम छुट्याइएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ऐनअनुसार ७५ प्रतिशत छात्रवृत्तिको कार्यक्रममा ७५ करोड विनियोजन गरेको बताए ।  मन्त्रालयमा बिहीबार राष्ट्रिय शिक्षा नीति २०७६ सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले  चिकित्सका शिक्षा ऐन कार्यान्वयनको चरणमा रहेको बताए ।

मन्त्री पोखरेलले भने, ‘चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा गइसकेको छ, यो वर्ष ९० करोड रकम ऐन अन्तर्गत छुट्याइएकोमा ७५ प्रतिशत छात्रवृत्तिका लागि ७५ करोड छुट्याइएको छ ।’

चिकित्सा शिक्षा ऐनको दफा १७ को उपदफा ७ को छात्रवृत्तिसम्बन्धी व्यवस्था रहेको छ । उक्त ऐनको दफा १७ को उपदफा ७ मा ‘सार्वजनिक शिक्षण संस्थाले स्नातक तहको कार्यक्रममा उपलब्ध सिट सङ्ख्याको कम्तिमा ७५ प्रतिशत सिट निःशुल्क छात्रवृत्तिका लागि व्यवस्था गर्नुपर्नेछ ।

मन्त्रालयको छात्रवृत्ति शाखाले कात्तिक ६ देखि २० गते सम्म छात्रवृत्तिका लागि आवेदन समेत खुलाएको थियो । सरकारले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयबाट सम्बन्नध प्राप्त स्वदेशी लगानीका शिक्षण संस्थामा १० प्रतिशत र विदेशी लगानीका शिक्षण संस्थामा २० प्रतिशत एवं विदेशबाट प्राप्त हुने एमबीबीएस र बीडीएस छात्रवृत्तिको व्यवस्था गरेको हो ।

छात्रवृत्तिमा आवेदन दिन एमबीबीएस तथा बीडीएसको प्रवेश परीक्षामा न्यूनतम ५० प्रतिशत अंक ल्याई उत्तीर्ण गरेको हुनुपर्ने छ ।

मन्त्री पोखरेल सेनेटरी प्याड वितरणको कार्यविधि मन्त्रिपरिषदमा पठाइएको भन्दै मन्त्रिपरिषद बैठकबाट कार्यविधि पास भए पछि सरकारी विद्लायहरूमा सेनिटरी प्याड वितरण गरिने बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ९ : ५० बजे

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७