उप–निर्वाचनको रौनक (फोटो फिचर) | Khabarhub Khabarhub

उप–निर्वाचनको रौनक (फोटो फिचर)


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मंसिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनकालागि लागि आज विभन्न दलका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ को (क), बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख) र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ । सम्बन्धित क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका सदस्यको निधनका कारण ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । आज उम्मेदवारी दर्तामा देखिएका केही झलक यस्ता छन् ।

कास्की निर्वाचन क्षेत्र नं २ मा मंसिर १४ गते हुन लागेको उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार उम्मेदवारको मनोनयन पूर्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शान्ति बनस्थित पार्टीको जिल्ला कार्यालयअघि निकालिएको र्‍याली ।
कास्की निर्वाचन क्षेत्र नं २ मा मंसिर १४ गते हुन लागेको उपनिर्वाचन अन्तर्गत उम्मेदवारी मनोनयनपछि बोल्दै नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधि ।
कास्की निर्वाचन क्षेत्र नं २ मा मंसिर १४ गते हुन लागेको उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार उम्मेदवारको मनोनयन पूर्व राष्ट्रिय प्रजातन्त्र पार्टीको पृथ्वी चोकमा निकालेको र्‍याली ।
बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि बिहीबार मनोनयन दर्ताका क्रममा  नेपाली काङग्रेसका उम्मेदवार जीतबहादुर शेरचनसहित नेता तथा कार्यकर्ता ।
बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपचुनावका लागि बिहीबार मनोनयन दर्ताका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गणेबहादुर कुँवर ।
बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उप–निर्वाचनका लागि बिहीबार मनोनयन दर्ताका क्रममा वाम गठबन्धनका तर्फबाट सत्तारुढ नेकपा र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा निकालेको ¥याली ।
बागलुङ–२ (ख) मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिम विक्रम शाहीसहित नेता तथा कार्यकर्ता मनोनयन दर्ताका क्रममा ।
आगामी मङसिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि बिहीबार जिल्ला निर्वाचन कार्यालयमा नेकपाका उम्मेदवार डि.पी. ढकालसहित शीर्षस्थ नेता ।
आगामी मङसिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा साझा पार्टीका पार्टीका तर्फबाट सामाजिक अभियन्ता तथा उद्यमी सुरज प्रधान ।
आगामी मङसिर १४ गते हुन गइरहेको उपनिर्वाचनको दाङ क्षेत्र नं ३ ख प्रदेश सभासदस्य निर्वाचनका लागि उम्मदेवारी दर्ताका क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार विमला खत्री (वली) तथा प्रदेश नम्बर ५का मुख्यमन्त्री शङकर पोख्रेल ।
आगामी मङसिर १४ गते हुन गइरहेको उपनिर्वाचनको दाङ क्षेत्र नं ३ ख प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मदेवारी दर्ता गराउने क्रममा नेपाली काङग्रेसका उम्मेदवार शंकर आचार्यसहितका टोली ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ८ : ५७ बजे

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम