१३ औं सागः ११० स्वर्णसहित भारतको अग्रता कायमै, ४३ स्वर्णसहित नेपाल दोस्रो स्थानमा « Khabarhub

१३ औं सागः ११० स्वर्णसहित भारतको अग्रता कायमै, ४३ स्वर्णसहित नेपाल दोस्रो स्थानमा


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ ।

पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ ।  शनिबारको खेल सकिँदासम्म भारतले ११० स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१४ पदक प्राप्त गरेको छ । नेपालले हालसम्म ४३ स्वर्ण, ३४ रजत र ६५ कास्यसहित कूल १४२ पदक जितेको छ ।

यस्तै श्रीलङ्का ३० स्वर्ण, ५७ रजत र ८३ कास्यसहित तेस्रो, पाकिस्तान २३ स्वर्ण, ३०  रजत र ३४ कास्यसहित चौथो, बङ्गलादेश सात स्वर्ण, २२ रजत र ५५ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छन् ।

नेपालले आज म्याराथन र कुस्तीमा एकएक स्वर्णपदक जितेको हो । नेपालका किरणसिंह बोगटीले पुरुष म्याराथनमा स्वर्ण जित्नुभएको हो । नेपालले साग इतिहासमा २४ वर्षपछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो ।

यसअघि सागमा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेकी थिइन् । यस्तै सागअन्तर्गत कुस्तीको महिला ५५ किलो तौलमा नेपालकी सङ्गीता धामीले स्वर्ण जितेकी हुन् ।

उनले बङ्गलादेशका खेलाडीलाई पराजित गरिन् । सागको कुस्तीतर्फ नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो ।

पदक तालिका

देश             स्वर्ण   कास्य   रजत   जम्मा
भारत           ११०     ६९       ३५       २१४
नेपाल           ४३      ३४       ५२        १४२
श्रीलङ्का         ३०     ५७       ८३        १७०
पाकिस्तान     २३     ३०        ३४         ८७
बङ्गलादेश      ७     २२         ५५         ८४
माल्दिभ्स       १       ०           २          ३
भूटान           ०       ०           ६           ६

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ५ : ४९ बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको