१३ औं सागः ११० स्वर्णसहित भारतको अग्रता कायमै, ४३ स्वर्णसहित नेपाल दोस्रो स्थानमा « Khabarhub

१३ औं सागः ११० स्वर्णसहित भारतको अग्रता कायमै, ४३ स्वर्णसहित नेपाल दोस्रो स्थानमा


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ ।

पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ ।  शनिबारको खेल सकिँदासम्म भारतले ११० स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१४ पदक प्राप्त गरेको छ । नेपालले हालसम्म ४३ स्वर्ण, ३४ रजत र ६५ कास्यसहित कूल १४२ पदक जितेको छ ।

यस्तै श्रीलङ्का ३० स्वर्ण, ५७ रजत र ८३ कास्यसहित तेस्रो, पाकिस्तान २३ स्वर्ण, ३०  रजत र ३४ कास्यसहित चौथो, बङ्गलादेश सात स्वर्ण, २२ रजत र ५५ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छन् ।

नेपालले आज म्याराथन र कुस्तीमा एकएक स्वर्णपदक जितेको हो । नेपालका किरणसिंह बोगटीले पुरुष म्याराथनमा स्वर्ण जित्नुभएको हो । नेपालले साग इतिहासमा २४ वर्षपछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो ।

यसअघि सागमा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेकी थिइन् । यस्तै सागअन्तर्गत कुस्तीको महिला ५५ किलो तौलमा नेपालकी सङ्गीता धामीले स्वर्ण जितेकी हुन् ।

उनले बङ्गलादेशका खेलाडीलाई पराजित गरिन् । सागको कुस्तीतर्फ नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो ।

पदक तालिका

देश             स्वर्ण   कास्य   रजत   जम्मा
भारत           ११०     ६९       ३५       २१४
नेपाल           ४३      ३४       ५२        १४२
श्रीलङ्का         ३०     ५७       ८३        १७०
पाकिस्तान     २३     ३०        ३४         ८७
बङ्गलादेश      ७     २२         ५५         ८४
माल्दिभ्स       १       ०           २          ३
भूटान           ०       ०           ६           ६

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ५ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै