साग पुरुष फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै « Khabarhub

साग पुरुष फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्।

खेल दशरथ रंगशालामा बेलुका ५ बजे शुरु हुनेछ। दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । आजकै खेलको नतिजाका आधारमा फाइनल पुग्ने एक टोलीको टुंगो लाग्नेछ। नेपालले बराबरी पनि फाइनल पुग्नेछ । बंगलादेशले भने फाइनल पुग्न खेल जित्नैपर्ने छ।

यसअघि शनिबार भएको खेलमा श्रीलंकालाई पराजित गरी भुटान फाइनल पुगिसकेको छ। भुटानको ४ खेलबाट ९ अंक छ ।

नेपालको ३ खेलबाट ७ अंक छ । समान खेल खेलेको बंगलादेशको भने ४ अंक छ। आजको खेलमा बंगलादेश विजयी भएमा उसको नेपालसँग समान अंक हुनेछ र हेड टु हेडका आधारमा बंगलादेश फाइनल पुग्नेछ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ९ : ४५ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत