युनिभर्सल कलेजले शुल्क फिर्ता शुरु गर्‍यो, आन्दोलन स्थगित तर विद्यार्थीले परीक्षा दिएनन् « Khabarhub

युनिभर्सल कलेजले शुल्क फिर्ता शुरु गर्‍यो, आन्दोलन स्थगित तर विद्यार्थीले परीक्षा दिएनन्


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भैरहवामा रहेकाे युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ताको प्रक्रिया आज ( आइबार) देखि शुरु गरेको छ ।

कलेज सञ्चालक र आन्दोलनरत विद्यार्थीसँग हिजो (शनिबार) राति भएको वार्ता पछि कलेजले विद्यार्थीहरुको शुल्क फिर्ताको प्रक्रिया शुरु गरेको हो ।

कलेजले वार्ता गरेर शुल्क फिर्ताको प्रक्रिया थालेपछि आन्दोलनरत विद्यार्थीहरुले कलेज प्रशासनमा लगाएको ताला पनि खुलाएका छन् ।

शुल्कको विषयमा लामो समयदेखि विद्यार्थी र कलेज सञ्चालकबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसी सहितको सहभागितामा वार्ता भएको थियो ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका बिद्यार्थी शुल्क फिर्ताको लागि निवेदन दिदै

शनिबार राती भएको वार्तामा कलेज सञ्चालक र आन्दोलनरत विद्यार्थीबीच ६ बुदे सहमति भएको छ । सहमति पत्रमा कलेजको तर्फबाट पिएस अजय कुमार, बिएन सन्तोष कुमार र आन्दोलनरत विद्यार्थीको तर्फबाट १५ जना विद्यार्थीले हस्ताक्षर गरेका छन् ।

वार्षिक परीक्षा बहिष्कार

शनिबार भएको वार्तामा शुल्क फिर्ताको विषयमा सहमति भएपनि एमबीबीएस र बिडिएसको प्रथम वर्षको परीक्षामा भने विद्यार्थीहरु सहभागि भएका छैनन् ।

युनिभर्सल कलेजका एमबीबीएसका एक विद्यार्थीका अनुसार रेगुरल तर्फका विद्यार्थी एक सय जना र बिडिएसका ४० जना विद्यार्थीले वार्षिक परीक्षा बहिष्कार गरेका हुन् ।

‘मन्त्रालयकै व्यक्ति पनि आएर कलेज सञ्चालक र हामीबीच वार्ता भयो शुल्क फिर्ता गर्ने भनेर, हामीले वार्तामा सहमति जनाएर कलेजमा लगाएको ताला खुलायौं,’ एमबीबीएसका एक विद्यार्थीले भने, ‘तर हामीले एमबीबीएस बिडिएसको परीक्षा भने बहिष्कार गरेको हो । शुल्क फिर्ता गर्ने सहमित भएपनि यो पटकको परीक्षा दिएका छैनौं ।’

 

यस्तो छ सहमति

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका आन्दोलरत बिद्यार्थी र कलेज सञ्चालकबीच भएको सहमतिकाे पत्र
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका आन्दोलरत बिद्यार्थी र कलेज सञ्चालकबीच भएको सहमति पत्र

 

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ११ : ५५ बजे

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको बैठक बोलाइयो

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आह्वान

समावेशी नेपाल बनाउने अभियानमा सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समावेशी नेपाल बनाउने

वैदेशिक रोजगार ऐन संशोधन गर्न माग

काठमाडौँ- प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले वैदेशिक रोजगार ऐन

लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्नै नपाइने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवार सिफारिस गर्न

भन्सार विभागका १७१ कर्मचारी सरूवा

काठमाडौँ– भन्सार विभागले नेपाल प्रशासन सेवा राजस्व समूहअन्तर्गतका एक सय