दयाहाङ र वर्षा बने ‘डबल सी’ को ब्राण्ड एम्बेसेडर « Khabarhub

दयाहाङ र वर्षा बने ‘डबल सी’ को ब्राण्ड एम्बेसेडर


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दयाहाङ राई र नायिका वर्षा शिवाकोटी ‘डबल सी’ नामक भिटामिन जुसको ब्राण्ड एम्बेसेडरमा नियुक्त भएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रमबीच यी दुईलाई एम्बेसेडर घोषणा गरियो ।

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले आम मानिसले आफ्नो स्वास्थ्यप्रति सजग हुनुपर्ने बताए । उनले भने, ‘हामीलाई थाहा छ स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने तर दैनिक जीवनमा लागू गर्न सकेका छनौँ ।’

उनले शरीर स्वस्थ राख्न ‘भिटामिन सी’ उपयुक्त हुने बताए । उनले डबल सी स्वास्थ्यका लागि फाइदाजनक लागेकाले आफू ब्राण्ड एम्बेसेडर भएको बताए । ‘मैले यसको मापदण्ड र अन्य सबै फाइदा तथा बेफाइदाको बारेमा बुझेर मात्र ब्राण्ड एम्बासडर बन्ने सहमति दिएको हुँ,’ दयाले भने ।

ब्राण्ड एम्बेसेडर नियुक्त भएकी वर्षाले पनि भिटामिनले स्वास्थ्यलाई फाइदा पुर्‍याउने बताइन् ।

थाइल्याण्डको लोकप्रिय यो जुस नेपाली बजारमा भित्रिएको हो । नेपाली बजारमा यो जुस सोमबारदेखि उपलब्ध हुने जनाइएको छ । जुस सिसीको बोत्तलमा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १ : ०८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल