जापानी नागरिकहरुको संस्थामा बने नेपाली नागरिक अध्यक्ष | Khabarhub Khabarhub

जापानी नागरिकहरुको संस्थामा बने नेपाली नागरिक अध्यक्ष


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– नेपालको वेसबल खेल विकास गर्न २० बर्ष देखि सहयोग गर्दै आएको जापानी नागरिकहरुको संस्थामा नेपाली नागरिक अध्यक्ष चयन भएका छन् ।

जापानी नागरिकहरुको गैर सरकारी संस्था क्लब लालीगुराँसको २० औं साधारण सभाले नेपालका ईश्वर थापालाई अध्यक्ष चयन गरेको हो । यसअघि क्लबका उपाध्यक्ष रहेका पोखराका थापा जापानको व्यवसायीक वेसबल क्लब ‘जेरो सिक्स् बुल्स्’ बाट खेल्ने पहिलो नेपाली समेत हुन् ।

यस्तै, क्लबको साधाराणसभाले उपाध्यक्षमा २ जना जापानी तथा सञ्चालक समितिमा ४ जना नेपाली र १० जना जापानी नागरिक चयन गरेको छ । नेपालको तर्फबाट सञ्चालक समितिमा भक्तपुरका रोशन थापा, पोखराका नवराज भुजेल र जापानमा रोजगारी गरीरहेका अर्जुन श्रेष्ठ र अमृत पोखरेल चयन भएका छन् ।

थापा भक्तपुर राईजिङ्ग स्टार्सका अध्यक्ष तथा कारोबार दैनिकका पत्रकार हुन् भने भुजेल पोखरा वेसबल क्लबका कोषाध्यक्ष हुन् । क्लबको सल्लाकारमा २० बर्ष देखि क्लबको अध्यक्ष रहेका योही कोयावासी र श्रीलंकन नागरिक चयन भएका छन् ।

२१ बर्ष अघि नेपाल घुम्न आएका जापानका केही विद्यार्थीहरुले पहिलो पटक पोखरा शहरमा वेसबल खेलको सुरवात गर्दै यस खेलको विकास र विस्तार गर्न भन्दै संस्था स्थापना गरेका थिए ।

हाल संस्थाले जापानमा बसि नेपाललाई खेल साम्रागीहरु उपलब्ध गराउदै आएको छ । भने संस्कृति आदान प्रदान कार्यक्रम अन्र्तगत नेपालका खेलाडीलाई जापानमा तालीम उपलब्ध गराउन सहयोग गर्दै आएको छ । वेसबलको खेल साम्रागी निकै महंगो पर्ने गर्छ भने खेल साम्रागी नेपाली बजारमा उपलब्ध छैन्न । यो खेल जापान, अमेरिका लगायत विकसित राष्ट्रमा निकै प्रख्यात छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १२ : ०९ बजे

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो