फुटबल हेर्न गएका भुटानीले गाए नेपाली गीत, ‘रेशम फिरिरि…’ ले गुञ्जियो रंगशाला ! « Khabarhub

फुटबल हेर्न गएका भुटानीले गाए नेपाली गीत, ‘रेशम फिरिरि…’ ले गुञ्जियो रंगशाला !


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फुटबलमा दक्षिण एसियाकै सबै भन्दा कमजोर देश मानिने भुटानले पहिलो पटक दक्षिण एसियाली खेलकुद सागको फाइनल यात्रा तय गरेको छ ।

शनिवार श्रीलंकालाई ३–० को गोल अन्तरले पराजित गर्दै भुटान पहिलोपटक सागको फाइनलमा प्रवेश गरेको हो ।

पहिलोपटक फाइनलमा पुगेसँगै भुटानका खेलाडी मात्र होइन रंगशालामा उपस्थित दर्शकले समेत निकै खुसीयाली मनाएका छन् ।

उनीहरुले चर्चित नेपाली गीत ‘रेशम फिरिरी….’ बोलको गीत गाएर उत्सब मनाएका थिए । भुटानी राष्ट्रिय भण्डा हातमा लिएर खेल हेर्न पुगेका भुटानी दर्शक र पदाधिकारीले उक्त गीत गाएका थिए । उनीहरुले गाएको गीतको भीडियो खेल हेर्न रंगशाला पुगेका नेपाली समर्थक प्रमोद घिमिरे नामका फेसबुक प्रयोगकर्ताले सामाजिक सञ्जालमा पोस्ट समेत गरेका थिए ।

कुनै समय अत्यन्त कमजोर मानिने र दक्षिण एसियाली देशरुहरु सबैले हराउने देशको रुपमा रहेको भुटानले जारी १३ औं सागमा नेपाल बाहेकका सबै टिमलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।

भुटानले श्रीलंका माल्दिभ्स र बंगलादेशलाई पराजित गरेको हो ।

जितपछि ड्रेसिङ रुममा भुटानी खेलाडी र पदाधिकारी निकै खुसी देखिएका थिए ।

भुटानको अपेक्षा छ फाइनल नेपालसँग नपरोस् । आज नेपाल र बंगलादेशबीचको खेलमा नेपालले जितेमा भुटानको भेट फाइनमा नेपालसँग हुनेछ ।

नेपालले लिगमा भुटानलाई नमिठो हार चखाएको थियो । नेपालले भुटानमाथि ४–० को जित निकालेको थियो । त्यसैले फाइनलमा नेपालसँगको भीडन्तले भुटानलाई डर पैदा गरेको छ तर भुटान रोकिने मुडमा भने छैन ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १२ : ४० बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत