बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाल फाइनलमा « Khabarhub

बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाल फाइनलमा


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेह्राँै दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बङ्गलादेशविरुद्ध जीत या बराबरीमा रोक्नुपर्ने छ ।

यता बङ्गलादेशलाई भने फाइनल पुग्न जीतको विकल्प छैन । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेश भिड्दैछन् । खेल आज साँझ ५ बजेपछि शुरु हुनेछ ।

भूटानविरुद्व ४–० को जीत निकालेको नेपालले श्रीलङ्कासँग दोस्रो खेल खेलेको थियो । खेलको निर्धारित समयसम्म १–० को अग्रता लिएको नेपालले अत्तिरिक्त समयलाई रोक्न नसक्दा खेल एक–एक गोलको बराबरीमा पुगेको थियो ।

सोही कारण पनि आज साग फुटबलको फाइनल प्रवेशका लागि नेपाललाई बङ्गलादेशसँग जीत या बराबरी आवश्यक छ । दशरथ रङ्गशालामा भरिभराउ दर्शकको साथ पाएको नेपाली टोलीले शनिबार माल्दिभ्सविरुद्ध २–१ को जीत हात पार्‍यो । जारी खेलमा नेपालसँग मात्रै पराजित भूटान चार खेलबाट शीर्ष ९ अङ्क जोड्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ ।

त्यसैगरी नेपाल ७ अङ्क जोड्दै दोस्रो स्थानमा छ । यता बङ्गलादेशको ४ अङ्क रहेको छ । श्रीलङ्का र माल्दिभ्सको भने समान २/२ अङ्क रहेको छ । नेपाल र बङ्गलादेशबीचको विजेता टोलीले सागको स्वर्ण पदकका लागि भूटानसँग खेल्नेछ । सागको पुरुष फुटबलमा भारत र पाकिस्तान नखेल्ने भएपछि खेल राउन्ड रोविनमा सञ्चालन भएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १२ : ३० बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको