साग खेलकुद– महिला क्रिकेटको स्वर्ण पदक बंगलादेशले जित्यो « Khabarhub

साग खेलकुद– महिला क्रिकेटको स्वर्ण पदक बंगलादेशले जित्यो


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक बंगलादेशले जितेको छ । आइतबार भएको फाइनलमा श्रीलंकालाई २ रनले पराजित गर्दै बंगलादेशले स्वर्ण जितेको हो ।

पोखरा रंगशालामा बंगलादेशले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर ८९ रन मात्र बनायो ।

श्रीलंकाकी कप्तान हर्सिता माधवीले ३२ रन जोड्दा लिहिनी अप्सराले २५ रन जोडिन । बंगलादेशकी नहिदा अख्तरले २ विकेट लिईन् ।

यस अघि पहिले ब्याटिङ बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ९१ रन बनाएको थियो ।

बंगलादेशका लागि निगर सुल्तानाले २९ रन जोड्दा सन्जिदा इस्लाम र फाहिम खातुनले समान १५/१५ रन जोडिन । श्रीलंकाकी उमिषा थिमासिनीले ४ विकेट लिईन् ।

नेपालले भने कास्य पदक जितेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ३ : ५५ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ