काठमाडौं– १३ औं साग फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।
आइतबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
नेपालको जीतमा खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको गोलनै निर्णायक बन्यो ।
नेपाल र बंगलादेशले पाएका केही अवसर खेर फाल्दा थप गोल हुन सकेन र नेपाल विजयी भयो ।
अब नेपालले स्वर्ण पदकका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।
शनिवार माल्दिभ्सलाई पराजित गर्दै भुटानले फाइनमा स्थान सुरक्षित गरेको थियो ।
नेपालले यसअघि तीन पटक साग फुटबलमा स्वर्ण जितेको थियो । पहिलो सस्करण, आठौं संस्करण र बाह्रो संस्करणमा नेपालले स्वर्ण जितेको थियो ।
प्रतिक्रिया