प्रशिक्षक महर्जन भन्छन्- साग फुटबलको स्वर्ण जित्नेमा ढुक्क छौं « Khabarhub

प्रशिक्षक महर्जन भन्छन्- साग फुटबलको स्वर्ण जित्नेमा ढुक्क छौं


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा स्वर्ण हातपार्ने नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बताएका छन् ।

आइतबार बंगलादेशमाथि १–० गोलको साँघुरो जित हात पारेको नेपाली टोलीले फाइनलमा भुटानलाई पराजित गर्दै स्वर्ण घरमै राख्ने प्रशिक्षक महर्जनले बताए ।

‘लिगमा अपराजित रहँदै फाइनलमा पुगेका छौं । आशा छ फाइनलमा पुनः एक पटक भुटानालई पराजित गर्दै स्वर्ण रक्षा गर्ने छौं,’ प्रशिक्षक महर्जनले भने ।

आइतबार हजारौंको संख्यामा रंगशालामा उपस्थित घरेलु दर्शकको साथ पाउँदा पनि नेपाली खेलाडी बंगलादेशविरुद्ध दबाबमा देखिएका थिए । पहिलो हाफमा सुजल श्रेष्ठको क्रस पासको सदुपयोग गरेका सुनिल बल बंगलादेशविरुद्धको खेलमा नायक बने ।

‘२४ घण्टाभित्र हाम्रा खेलाडीले दोस्रो खेल खेल्नु पर्दा रिकभरी समय पाएका थिएनन् । त्यसले गर्दा दोस्रो हाफको ७० मिनेटपछि बल ‘पोजिसन’ कमजोर बनेको हो,’ प्रशिक्षक महर्जनले भने,‘ तर, पनि हामी फाइनलमा पुगेका छौं । अब भुटानलाई पराजित गर्ने विश्वास मलाई छ ।’

नेपालले छैटौं सागमा स्वर्ण जित्दाका खेलाडी मुख्य प्रशिक्षक महर्जन आफै, सहायक प्रशिक्षक राजेश मानन्धर, गोलकिपर प्रशिक्षक मिर्गेन्द्र मिश्र र राखेपका एडभाइजर प्रशिक्षक रहेका मिलन भक्त हाडा नेपाली टोलीको टेक्निकल पार्टमा छन् ।

यस्तै, १२ औं साग जित्दाका खेलाडी अनन्त तामाङ, सुजल श्रेष्ठ, विकेस कुथु, सुनिल बल र विक्रम लामा अहिलेको टोलीमा सिनियर खेलाडीका रुपमा रहेका छन् भने बाँकी खेलाडी मंगलबारदेखि स्वर्ण जित्ने खेलाडीको सूचिमा सूतिकृत हुने प्रशिक्षक महर्जन बताउँछन् ।

‘टेक्निकलमा हामी चार जना छैठौं सागमा स्वर्ण जित्ने हुनु संयोग मिलेको हो,’ प्रशिक्षक श्रेष्ठले भने ।
बंगलादेशी प्रशिक्षकले नेपाली खेलाडीले राम्रो खेलेको बताएका छन् ।

अब नेपालले मंगलबार दिउँसो ३ बजे पहिलो पटक सागको फाइनलमा पुगेको भुटानसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणमा भुटान नेपालसँग ४–० गोल अन्तरले पराजित भएको थियो । नेपाल चौथो पटक स्वर्ण जित्ने लक्ष्यमा छ । सन् १९८४ मा काठमाडौंबाट सुरु भएको सागको पहिलो संस्करणमा पनि नेपाल विजेता बनेको थियो । नेपालले पहिलो सागमा पनि स्वर्ण जितेको थियो । यो भुटानलाई हराउँदै स्वर्ण जितेमा नेपालले साग फुटबलमा चौथोपटक स्वर्ण हात पार्नेछ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ८ : १९ बजे

सडक आश्रित मानवमुक्त घोषणा गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद