बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा पुगेपछिको खुशी [फोटो फिचर] « Khabarhub

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा पुगेपछिको खुशी [फोटो फिचर]



काठमाडौं-  १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल पुरुष फुटबलको फाइनलमा पुगेको छ। आइतबार बंगलादेशलाई १–० ले पराजित गर्दै नेपाल फाइलनमा पुगेको हो ।

अब मंगलबार नेपालले स्वर्ण पदकका लागि भुटानसँग प्रतिस्पर्धा गर्नेछ । भुटानविरुद्धको खेलमा जित हात पारे नेपालले साग फुटबलमा चौथो पटक स्वर्ण चुम्नेछ ।

दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुनील बलले निर्णायक गोल गरेका थिए। जितसँगै नेपाल १० अंक जोडेर समूह विजेता बन्यो। दोस्रो बनेको भुटानको ९ अंक छ।

यसअघि नेपालले सन् २०१६, १९९३ र १९८४ मा साग फुटबलको उपाधि जितेको थियो। सन् १९८७ र १९९९ मा भने नेपाल फाइनल पुगेर पनि चुकेको थियो।

सागमा पाकिस्तानले सबैभन्दा बढी ४ पटक स्वर्ण जितेको छ। नेपाल र भारतले ३–३ पटक उपाधि जितेका छन्।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ८ : ४१ बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको