‘साउदी युवराज गुण्डा भए’ « Khabarhub

‘साउदी युवराज गुण्डा भए’


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी सिनेटरले साउदी अरबका युवराज मोहम्मद बिन सलमान पूर्ण रुपमा ग्याङ्ग्स्टार अर्थात् गुण्डा बनेको टिप्पणी गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अधिराज्यका लागि सिफारिस गरेका राजदूत जोन अबिजायदको सुनुवाईका क्रममा रिपब्लिकन पार्टीका तर्फबाट फ्लोरिडा राज्यका सिनेटर मार्को रुबियोले युवराज बिन सलमान पूर्ण रुपमा ग्याङ्ग्स्टार बनेको टिप्पणी गरेका हुन् ।

डेमोक्र्याटिक पार्टीबाहेक राष्ट्रपति ट्रम्पकै रिपब्लिकन पार्टीका अन्य सिनेटरहरुले पनि युवराज बिन सलमानबारे तीखो आलोचना समेत गरेका थिए । खासगरी अमेरिकामा स्थायी बसोबास अनुमतीप्राप्त साउदी पत्रकार जमाल खशोग्जीको हत्या प्रकरण, महिला अधिकारकर्मीविरुद्धको यातना तथा साउदी अरबले यमनमा जारी राखेका सैनिक कारवाहीबारे सिनेटरहरुले साउदी अधिराज्यका युवराजविरुद्ध यस्तो टिप्पणी गरेका हुन् ।

यता साउदी अरबका लागि अमेरिकी राजदूत सिफारिस गरिएका अबिजायदले भने युवराज बिन सलमानबारे सिनेटरको टिप्पणी जायज रहेपनि अमेरिका र साउदी अरबबीच मध्यपूर्वमा रणनीतिक साझेदारी महत्वपूर्ण रहेको जिकिर गरेका थिए ।

अबिजायदले जमाल खशोग्जीको हत्याको जवाफदेहीता खोजिनुपर्ने तथा मानवअधिकारबारे पनि चासो राखिनुपर्ने तर यही घटनाका कारण साउदी अरब र अमेरिकाबीच रहेको रणनीतिक साझेदारीलाई कमजोर पार्न नहुने तर्क गरेका थिए ।

गत अक्टोबर महिनामा टर्कीको इस्तानबुल शहरमा रहेको साउदी वाणिज्यदूतावासभित्र हत्या भएपछि अमेरिका र साउदी अरबबीचको सम्बन्ध चिसिँदै आएको छ भने अमेरिकामा साउदी अरबले यमनमा गर्दै आएको सैनिक कारवाहीबारे पनि प्रश्न उठ्दै आएको छ ।

दुई मुलुकबीचको सम्बन्धकै कारण अमेरिकाले सन् २०१७ यता साउदी अरबमा राजदूत नियुक्त गर्न सकेको छैन । यद्यपि नवनियुक्त राजदूत अबिजायदको नियुक्ती सिनेटबाट सजिलै पारित हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ६ : ०० बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने