खेतीमा धमाधम डोजर, घरमै थन्कियो फसल « Khabarhub

खेतीमा धमाधम डोजर, घरमै थन्कियो फसल


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मूल्य आकासिएर प्रतिमन (४० केजी)को एक लाख २० हजारसम्म पुग्दा अलैंचीलाई आर्थिक समृद्धिको माध्यम ठानेर धान खेत मास्दै खेती विस्तार गरेका पूर्वी पहाडी जिल्लाका किसानलाई त्यो कदम अहिले अभिशाप भएको छ । अलैंची खेतीले उँभो नलगाउने भन्दै ताप्लेजुङका किसानले अलैची बारीमा डोजर चलाएको नागरिक दैनिकमा खबर छ ।

त्यस्तै नेपालको प्रमुख निर्यातजन्य कृषि उपज अलैंची किसानको घरमै थन्किएको छ । पछि राम्रो मूल्य पाउने आसमा पाँचथर, इलामका किसानले अलैंची घरमै थन्क्याएर राखेका छन् ।

प्रधानमन्त्री चढेको विमान पनि २० मिनेटभन्दा बढी समय आकाशमा होल्ड भएको खबर सबै पत्रिकामा मुख्य रुपमा छापिएको छ । हवाई ट्राफिक जाम भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाज आकाशमै होल्ड हुनु नयाँ नभएपनि मंगलबा प्रधानमन्त्री चढेको विमान २० मिनेटभन्दा बढी आकाशमा होल्ड भएको थियो ।

त्यस्तै अख्तियारमै प्रतिजाजुस संयन्त्र निर्माण, सहभागिताले महिला सशक्तिकरण बढाएको, सरकारको कामकारबाही प्रति नेकपाका अध्यक्ष प्रचण्ड नै निराश रहेको, राष्ट्रपतिको सुरक्षाले सर्वसाधारणलाई सास्ती भएको खबर प्राथमिकताका साथ छापिएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ६ : ३१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित