अनियमितता छानबिनको बयान लिन अख्तियारले मन्त्रीलाई बोलाउला? « Khabarhub

अनियमितता छानबिनको बयान लिन अख्तियारले मन्त्रीलाई बोलाउला?


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाजकल्याण परिषदमा भएका पछिल्ला अनियमितताबारे छानबिन थालेको छ । सरकारले केही समयअघि मात्रै समाजकल्याण परिषदमा भएको अनियमिततासम्बन्धी सबै फाइलसहितको सरकारी प्रतिवेदन अख्यिारलाई बुझाएको छ ।

सोही प्रतिवेदनका आधारमा छानबिन थालिएको अख्तियारले जनाएको छ । अख्तियारले समाजकल्याण परिषदका अध्यक्षसमेत रहेका तत्कालीन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा र आशा कोइरालामाथि समेत छानबिन गर्न सिफारिस गरेको थियो । उनीहरुलाई पनि अख्तियारको बयानका लागि बोलाउने तयारी गरेको राजधानीमा खबर छ ।

त्यस्तै चिकित्सक उत्पादन गर्ने शैक्षिक संस्थाहरु मफियाको चंगुलमा फस्दै गरेको पाइएको छ । एमबीबीएस अध्यापन गराउने देशभरिका अधिकांश निजी मेडिकल कलेजले मनपरी शुल्क असुलेको पुष्टि भएपछि उनीहरुको ठगी पर्दाफास भएको हो ।

निर्मला हत्या प्रकरणमा प्रहरीका पूर्वएसपीसहित ८ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । जनप्रतिनिधिकै घरमा अझै छाउपडी प्रथा कायम रहेको भन्दै संसदको महिला तथा सामाजिक संसदीय समितिले सरकारलाई छाउपडी उन्मूलन गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ६ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको