महिला हिंसाविरुद्ध नारी जागरण आवश्यक छ : सभापति देउवा | Khabarhub Khabarhub

महिला हिंसाविरुद्ध नारी जागरण आवश्यक छ : सभापति देउवा


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला हिंसाविरुद्ध नारी जागरण आवश्यक रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै नेपाली दिदीबहिनी शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको बताएका छन् ।

नारी दिवसको अवसरमा देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुलुक अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त छ ।’

‘हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको ठूलो खतरा, आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक र सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । काङ्ग्रेस सबैखाले हिंसाको अन्त्य चाहन्छ । महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्‍याउनेछ भन्ने मैले विश्वास लिएको छु,’ देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै सभापति देउवाले महिलाप्रति आफ्नो उच्च सम्मान रहेको बताएका छन् । सभापति देउवाले आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र सम्वद्र्धनका लागि पनि महिला दिदीबहिनीको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ७ : ४२ बजे

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो