वैदेशिक रोजगार पीडित महिलाको उद्धार तथा पुनस्थापनाको पहल « Khabarhub

वैदेशिक रोजगार पीडित महिलाको उद्धार तथा पुनस्थापनाको पहल


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ महिला फोरम र सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेशनले वैदेशिक रोजगारीमा रहेका महिलाको अवस्था तथा नेपाल फर्किएका महिलाहरुको पुनस्थापना गर्ने विषयमा द्विपक्षीय सम्झौता गरेको छ ।

महिला फोरमकी संयोजक रजनी प्रधान र माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्सका संस्थापक अध्यक्ष दिपेन्द्र प्रधानांग लगायतका प्रतिनिधिबीच वैदेशिक रोजगारी पीडित महिलाहरुको उद्धारमा सहकार्य गर्ने सम्झौता भएको हो ।

वैदेशिक रोजगारीमा गएका महिलाहरु अलपत्र पर्ने गरेका घटना बढ्दै गएपछि उनीहरुको उद्धार तथा पुनस्थापनाको काम तीव्र बनाइएको संयोजक प्रधानले बताइन् । कार्यक्रममा  माइग्रेसन एण्ड इन्टरनेशनल रिलेशनस्का संस्थापक अध्यक्ष दिपेन्द्र प्रधानांग, प्रबन्धक युवराज नेपाल र रिसर्च डाइरेक्टर डा. केशव बस्याल सहित सचिवालयका प्रतिनिधी सहभागी भएका थिए ।

छलफलमा विदेशमा रहेका महिला कामदारको अवस्था, उनीहरुको सुरक्षा र विदेशबाट नेपालमा फर्किएका महिलाहरुलाई पुर्नस्थापनाका लागि विभिन्न अन्तरक्रिया कार्यक्रम एवं तालिम सञ्चालन गर्ने, सशक्तिकरणका विभिन्न विकल्पहरुको खोजी गर्ने लगायतका विषयमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १० : ४३ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।