वैदेशिक रोजगार पीडित महिलाको उद्धार तथा पुनस्थापनाको पहल | Khabarhub Khabarhub

वैदेशिक रोजगार पीडित महिलाको उद्धार तथा पुनस्थापनाको पहल


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ महिला फोरम र सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेशनले वैदेशिक रोजगारीमा रहेका महिलाको अवस्था तथा नेपाल फर्किएका महिलाहरुको पुनस्थापना गर्ने विषयमा द्विपक्षीय सम्झौता गरेको छ ।

महिला फोरमकी संयोजक रजनी प्रधान र माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्सका संस्थापक अध्यक्ष दिपेन्द्र प्रधानांग लगायतका प्रतिनिधिबीच वैदेशिक रोजगारी पीडित महिलाहरुको उद्धारमा सहकार्य गर्ने सम्झौता भएको हो ।

वैदेशिक रोजगारीमा गएका महिलाहरु अलपत्र पर्ने गरेका घटना बढ्दै गएपछि उनीहरुको उद्धार तथा पुनस्थापनाको काम तीव्र बनाइएको संयोजक प्रधानले बताइन् । कार्यक्रममा  माइग्रेसन एण्ड इन्टरनेशनल रिलेशनस्का संस्थापक अध्यक्ष दिपेन्द्र प्रधानांग, प्रबन्धक युवराज नेपाल र रिसर्च डाइरेक्टर डा. केशव बस्याल सहित सचिवालयका प्रतिनिधी सहभागी भएका थिए ।

छलफलमा विदेशमा रहेका महिला कामदारको अवस्था, उनीहरुको सुरक्षा र विदेशबाट नेपालमा फर्किएका महिलाहरुलाई पुर्नस्थापनाका लागि विभिन्न अन्तरक्रिया कार्यक्रम एवं तालिम सञ्चालन गर्ने, सशक्तिकरणका विभिन्न विकल्पहरुको खोजी गर्ने लगायतका विषयमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १० : ४३ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा