वर्षौंदेखि अवैधानिक रुपमा ‘खानी’ सञ्चालन « Khabarhub

वर्षौंदेखि अवैधानिक रुपमा ‘खानी’ सञ्चालन


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– जिल्लामा दर्ता नगरी अवैधानिकरुपमा वर्षौंदेखि चार वटा क्रसर उद्योगले रोडा–ढुङ्गा खानी सञ्चालन गर्दै आएका छन् । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा चार वटा खानी दर्ताबिना सञ्चालन भएको जनाएको छ । क्रसर उद्योग मात्रै दर्ता गरेकाले रोडा–ढुङ्गाको खानी दर्ता नगरी सञ्चालन गर्दै आएका हुन् ।

उपसमितिका अनुसार नमोबुद्ध नगरपालिका–४ मा पशुपति रोडा–ढुङ्गा उद्योगले नजिकै रहेको निजी जग्गामा दर्ता नगरी विसं २०६१ देखि खानी सञ्चालन गर्दै आएको छ भने विसं २०६५ देखि ओम सत्यसाई स्टोन क्रसर उद्योग प्रालिले रोशी गाउँपालिका–७ मा बिना दर्ता खानी सञ्चालन गर्दै आएको छ । नमोबुद्ध नपा–६ मा ब्लु साइमन रोडा–ढुङ्गा उद्योग प्रालिले विसं २०६६ देखि र बेथानचोक गाउँपालिका–४ मा एसएस रोडा–ढुङ्गा उद्योगले दर्ता नगरी खानी सञ्चालन गर्दै आएका हुन् ।

उपसमितिको अनुगमनले चार वटा खानी अवैधानिकरुपमा सञ्चालन भइरहेको प्रतिवेदन दिएको जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीले जानकारी दिए । उनले भने, “प्रतिवेदनका आधारमा उद्योगसँग अल्टिमेटम दिएर खानी सञ्चालनसम्बन्धी कागजात मागेका छौँ, गैरकानूनीरुपमा सञ्चालित सबै खानी बन्द हुन्छन् ।”

उनका अनुसार जिल्लामा सञ्चाललित २३ वटा (ढुङ्गा, गिट्टी र बालुवा प्रशोधन तथा उत्पादन उद्योगमध्ये चार वटाको खानी अवैधानिक हो । उपसमितिको प्रतिवेदनमा काभ्रेपलाञ्चोकमा रहेका सबै क्रसरले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय एवं प्रदेश सरकारबाट जारी नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधिको दफा–३ बमोजिम कायम मापदण्डअनुसार नचलेको समेत उल्लेख छ ।

अधिकांश क्रसर नदीसँगै, विद्यालय र जङ्गल नजिक सञ्चालित भएको, अन्य केहीद्वारा वासिङको स्वीकृत लिएर क्रसर चलाइएको र अवैधानिक खानीका कारण बस्ती जोखिममा पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रदेश सांसद चन्द्र लामाले दर्ता नभएका उद्योगलाई तत्काल बन्द गर्नुपर्ने र प्रदेश सरकारको मापदण्डअनुसार सञ्चालन नगरिएका उद्योगलाई मापदण्ड पुर्‍याएर सञ्चालन गराउनुपर्ने बताए । उनले भने, “जनप्रतिनिधि नभएको अवस्थामा क्रसर देखाएर बिना दर्ता सञ्चालन भएका खानी तत्कालै बन्द गर्नुपर्छ ।”

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ११ : ०८ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६