विश्वकप २०१८ पछि पहिलोपटक राष्ट्रिय टोलीमा फर्किए लियोनल मेस्सी « Khabarhub

विश्वकप २०१८ पछि पहिलोपटक राष्ट्रिय टोलीमा फर्किए लियोनल मेस्सी


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसियामा सम्पन्न विश्वकप पछि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली बाहिर रहेका कप्तान लियोनल मेस्सी पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका छन् । ३१ वर्षे मेस्सी विश्वकपको क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएपछि विश्वकपबाट बारिएको अर्जेन्टिनाको टोलीबाट लामो समय बाहिर रहेका थिए ।

मेस्सी यसै महिना हुने भेनेजुयला र मोरक्कोसँग अर्जेन्टिनाले खेल्ने मैत्रिपूर्ण खेलको प्रारम्भिक टोलीमा परेका छन् । मेस्सीसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनका मिडफिल्डर एन्जेल डि मारिया पनि विश्वकप पछि पहिलो पटक टोलीमा फर्किका छन् ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनिको ३१ सदस्यीय टोलीमा चार प्रिमियर लिग क्लबका खेलाडीलाई समेत समेटेका छन् । जसमा म्यानचेस्टर सिटीका निकोलास ओटामेन्डी, टोटनह्यामका युहान फोयथ, वाट्फोर्डका रोर्वेटो पेरेयार र वेष्टहामका म्यानुएल लान्जिनी रहेका छन् । टोटनह्यामका विङ्गर इरिक लामेला र गोलकिपर पाउलो गजान्गा भने टिममा अटाउन सकेनन् ।

अर्जेन्टिनाका सर्वकालीन कीर्तिमानधारी मेस्सीले खेलेका १ सय २८ खेलमा ६५ गोल गरेका छन् । मेसीले यसअद्धि कोपा अमेरिकाको फाइनालमा चिलीसँग पराजित भएपछि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेक थिए । पछि पुनः उनले आफ्नो सन्यास फिर्ता लिए पनि लामो समय राष्ट्रिय टोलीबाट नखेल्दा मेस्सीले सन्यास लिन सक्ने आकलन गरिरहँदा उनी टोलीमा फर्किने समाचार आएको हो ।

बार्सिलोनाका सर्वकालीन मेस्सी लामो समयदेखि स्पेनमै बस्दै आएका छन् । यसै विषयमा बोल्दै मेसील्े केही समय अगाडि आफ्नो परिवार नै स्पेनमा रहेकाले अर्जेन्टिना जान आउनै समस्या हुने संकेत गरेका थिए ।

अर्जेन्टिनाले मार्च २३ मा भेनेजुयलासँग मड्रिडमा खेल्नेछ भने मार्च २६ मा मोरक्कोसँग मैत्रिपूर्ण खेल खेल्नेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ११ : १९ बजे

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग

आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई

काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंमा चुनावी सरगर्मी