प्रदीपका बुबा बन्लान् त राजेश हमाल ? « Khabarhub

प्रदीपका बुबा बन्लान् त राजेश हमाल ?


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमाललाई फिल्म ‘प्रेमगीत ३’ बाट अफर आएको छ । फ्यानबाट महानायकको उपाधि पाएका हमालले भने यो फिल्मको कथा हेरेर चित्त बुझे मात्र सो फिल्ममा अभिनय गर्ने मनशाय बनाएका छन् ।

स्रोतका अनुसार एक महिना पहिले नै अभिनेता हमालसँग फिल्म निर्माण टिमले भेट गरेको थियो ।

हमालले यो स्किृप्ट हेरेर भूमिका मन परे मात्र फिल्ममा काम गर्ने बताइएको छ । यदि अभिनेता हमाललाई भूमिका चित्त बुझ्यो भने उनलाई फिल्ममा प्रदीप खड्काको बुबाको भूमिकामा देख्न सकिनेछ ।

प्रदीप खड्काको फेसबूकबाट

केही समयअघि मात्र निर्माता सन्तोष सेन, निर्देशन छेतन गुरुङ र नायक प्रदीप खड्काले हमाललाई भेटेर यस विषयमा छलफल गरेका थिए ।

फिल्ममा अभिनेता हमालले काम गर्नेबारे आधिकारिक जानकारी भने बाहिर आएको छैन । अर्कातिर हमालले फिल्मको अफर स्वीकार्छन् भन्ने पक्का छैन । किनकि, अभिनेता हमालले यसअघि धेरैपटक आफूलाई चित्त बुझ्ने फिल्म पाए मात्र काम गर्ने बताएका छन् ।

स्रोतका अनुसार राजेश हमालको स्किृप्टमा कस्तो भूमिका हुन्छ, त्यसका आधारमा उनले काम गर्ने या नगर्ने निर्णय लिनेछन् ।

अभिनेता हमाल पछिल्लो समय फिल्म क्षेत्रमा त्यति सक्रिय नदेखिए पनि व्यस्त भने छन् । केही समययता उनलाई दर्शकले रियालिटी शो ‘को बन्छ करोडपति’ मा पनि हेर्न पाएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १२ : १८ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति