सीके राउतले विखण्डनकारी गतिविधि त्याग्ने « Khabarhub

सीके राउतले विखण्डनकारी गतिविधि त्याग्ने


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र मधेसको अभियान चलाइरहेका चन्द्रकान्त राउत (सीके राउत)ले सरकारसँगको सहमतिमा आफ्ना सम्पूर्ण गतिविधि स्थगित गर्ने भएका छन् ।

पछिल्लो पटक निरन्तररुपमा सरकारसँग वार्तामा रहेका भनिएका राउतले शुक्रवार स्वतन्त्र मधेस गठवन्धन विखण्डन गरी पृथकतावादी गतिविधिबाट ‘विश्राम’ लिएको घोषणा गर्नेछन् ।

राउतले पृथकतावादी गतिविधि त्यागेको घोषणा गर्न शुक्रवार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलन राखिएको छ ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र राउत सहभागी हुने छन् ।

राउत नेकपामा प्रवेश गर्न सक्ने ?

राज्य विरुद्धको सांगठनिक अपराधअन्तर्गत थुनामा रहेका राउत बिहीवार मात्रै सर्वोच्च अदालतको आदेशपछि तारेखमा रिहा भएका थिए ।

राउत थुनाबाट छुटेपछि सरकारले उनको सुरक्षाका लागि भनेर एउटा सुरक्षागार्ड समेत खटाएको थियो ।

स्रोतका अनुसार राउत थुनाबाट छुटेपछि नेकपाका उच्च तहका नेताले उनीसँग भेट गरेका थिए ।

राउतले यसअघि नेकपाका नेता र सरकारी पक्षसँग भइरहेको वार्ताअनरुप बिहीवार नेकपाका नेतासँग छलफल गरेका थिए ।

छलफलका क्रममा राउतले नेकपा प्रवेश गर्ने विषयले समेत प्रवेश पाएको बताइएको छ ।

‘अहिले हाम्रो सचिवालयको आकस्मिक वैठक बसेको छ । यसबीचमा राउतसँग पनि छलफल भइरहेको छ,’ सत्तारुढ नेकपाका एक नेताले खबरहबसँग भने, ‘अहिले १ घन्टाको बीचमा कुनै सहमति जुट्न सके राउत नेकपा प्रवेश गर्न सक्छन् ।’

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १२ : ०२ बजे

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित