सीके राउतले विखण्डनकारी गतिविधि त्याग्ने « Khabarhub

सीके राउतले विखण्डनकारी गतिविधि त्याग्ने


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र मधेसको अभियान चलाइरहेका चन्द्रकान्त राउत (सीके राउत)ले सरकारसँगको सहमतिमा आफ्ना सम्पूर्ण गतिविधि स्थगित गर्ने भएका छन् ।

पछिल्लो पटक निरन्तररुपमा सरकारसँग वार्तामा रहेका भनिएका राउतले शुक्रवार स्वतन्त्र मधेस गठवन्धन विखण्डन गरी पृथकतावादी गतिविधिबाट ‘विश्राम’ लिएको घोषणा गर्नेछन् ।

राउतले पृथकतावादी गतिविधि त्यागेको घोषणा गर्न शुक्रवार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलन राखिएको छ ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र राउत सहभागी हुने छन् ।

राउत नेकपामा प्रवेश गर्न सक्ने ?

राज्य विरुद्धको सांगठनिक अपराधअन्तर्गत थुनामा रहेका राउत बिहीवार मात्रै सर्वोच्च अदालतको आदेशपछि तारेखमा रिहा भएका थिए ।

राउत थुनाबाट छुटेपछि सरकारले उनको सुरक्षाका लागि भनेर एउटा सुरक्षागार्ड समेत खटाएको थियो ।

स्रोतका अनुसार राउत थुनाबाट छुटेपछि नेकपाका उच्च तहका नेताले उनीसँग भेट गरेका थिए ।

राउतले यसअघि नेकपाका नेता र सरकारी पक्षसँग भइरहेको वार्ताअनरुप बिहीवार नेकपाका नेतासँग छलफल गरेका थिए ।

छलफलका क्रममा राउतले नेकपा प्रवेश गर्ने विषयले समेत प्रवेश पाएको बताइएको छ ।

‘अहिले हाम्रो सचिवालयको आकस्मिक वैठक बसेको छ । यसबीचमा राउतसँग पनि छलफल भइरहेको छ,’ सत्तारुढ नेकपाका एक नेताले खबरहबसँग भने, ‘अहिले १ घन्टाको बीचमा कुनै सहमति जुट्न सके राउत नेकपा प्रवेश गर्न सक्छन् ।’

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १२ : ०२ बजे

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार

कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

काठमाडौं– सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि

नेपाल–भारत पर्यटन सहकार्य गर्न परिषद् स्थापना गरिने

चितवन– नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा

कोप–३१ मा न्याय र समृद्धिको मार्गचित्रसहित नेपालको प्रस्तुति हुनुपर्ने

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी

कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष