ट्रम्पको राष्ट्रपतीय अभियानका पूर्व अध्यक्षलाई ४७ महिना जेल « Khabarhub

ट्रम्पको राष्ट्रपतीय अभियानका पूर्व अध्यक्षलाई ४७ महिना जेल


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रपतीय अभियानका पूर्व अध्यक्षलाई ४७ महिनाको जेल सजाय सुनाइएको छ ।

ट्रम्पको राष्ट्रपतीय अभियानका पूर्व अध्यक्ष पउल म्यानाफर्टलाई भर्जिनियाको अलेक्जाण्ड्रियामा रहेको अदालतले ४७ महिनाको जेल सजाय सुनाएको हो ।

रुससँग साँठगाँठ रहेको विषयमा अनुसन्धान गरिरहेको अमेरिकी जस्टिस डिपार्टमेन्टका विशेष अभियोेजनकर्ता रोबर्ट मुल्लरको अुसन्धानका क्रममा म्यानाफर्ट कर छली गरेको ५ अभियोग, बैंकिङ् कसुर गरेको २ अभियोग तथा विदेशी बैंकमा खाता रहेको नखुलाएको १ अभियोगमा दोषी पाइएका थिए ।

त्यसअघि अभियोजनकर्ताले म्यानाफर्टलाई १९ वर्ष ६ महिना देखि २४ वर्षसम्म जेल सजाय हुनुपर्ने माग गरेका थिए । यद्यपि म्यानाफर्टका वकिलले भने उनलाई साढे ४ देखि बढीमा साढे ५ वर्षसम्म जेलसजाय हुनुपर्ने तर्क गरेका थिए । तर, अदालतका न्यायाधीशले भने उनलाई ४७ महिनाको जेल सजाय, ५० हजार डलर जरिवाना तथा २ करोड ४० लाख भन्दा धेरै बिगो तिराउने फैसला गरेका छन् ।

म्यानाफर्टलाई जेल सजाय सुनाउनुमा रुससँग राष्ट्रपति ट्रम्पको साँठगाँठ रहेको विषय सम्बन्धित नरहेको अदालतले स्पष्ट पारेको छ ।

युक्रेनका रुसमर्थित पूर्वराष्ट्रपति भिक्टर यानुकोभिचको सल्लाहकार रहँदा उनले कमाएको दशौँ लाख डलर अमेरिकी सरकारसँग लुकाएको र बैंकसँग झूठो बोलेर ऋण लिएको अभियोजनकर्ताले पत्ता लगाएका थिए । त्यसैक्रममा उनी विभिन्न अभियोगमा दोषी पाइएका थिए ।

सन् २०१६ मा उनी राष्ट्रपतिका प्रत्याशी डोनाल्ड ट्रम्पको राष्ट्रपतीय अभियानका अध्यक्ष समेत रहेका थिए ।

यता राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिवक्ता रुडी गुइलिनीले भने म्यानाफोर्टलाई बेकारमा दुःख मात्र दिइएको प्रतिक्रिया दिएका छन् ।

यद्यपि राष्ट्रपति ट्रम्पले उनलाई राष्ट्रपतीय माफी दिनसक्ने संभावना समेत रहेको बताइन्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ५ : ३३ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम