ट्रम्पको राष्ट्रपतीय अभियानका पूर्व अध्यक्षलाई ४७ महिना जेल | Khabarhub Khabarhub

ट्रम्पको राष्ट्रपतीय अभियानका पूर्व अध्यक्षलाई ४७ महिना जेल


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रपतीय अभियानका पूर्व अध्यक्षलाई ४७ महिनाको जेल सजाय सुनाइएको छ ।

ट्रम्पको राष्ट्रपतीय अभियानका पूर्व अध्यक्ष पउल म्यानाफर्टलाई भर्जिनियाको अलेक्जाण्ड्रियामा रहेको अदालतले ४७ महिनाको जेल सजाय सुनाएको हो ।

रुससँग साँठगाँठ रहेको विषयमा अनुसन्धान गरिरहेको अमेरिकी जस्टिस डिपार्टमेन्टका विशेष अभियोेजनकर्ता रोबर्ट मुल्लरको अुसन्धानका क्रममा म्यानाफर्ट कर छली गरेको ५ अभियोग, बैंकिङ् कसुर गरेको २ अभियोग तथा विदेशी बैंकमा खाता रहेको नखुलाएको १ अभियोगमा दोषी पाइएका थिए ।

त्यसअघि अभियोजनकर्ताले म्यानाफर्टलाई १९ वर्ष ६ महिना देखि २४ वर्षसम्म जेल सजाय हुनुपर्ने माग गरेका थिए । यद्यपि म्यानाफर्टका वकिलले भने उनलाई साढे ४ देखि बढीमा साढे ५ वर्षसम्म जेलसजाय हुनुपर्ने तर्क गरेका थिए । तर, अदालतका न्यायाधीशले भने उनलाई ४७ महिनाको जेल सजाय, ५० हजार डलर जरिवाना तथा २ करोड ४० लाख भन्दा धेरै बिगो तिराउने फैसला गरेका छन् ।

म्यानाफर्टलाई जेल सजाय सुनाउनुमा रुससँग राष्ट्रपति ट्रम्पको साँठगाँठ रहेको विषय सम्बन्धित नरहेको अदालतले स्पष्ट पारेको छ ।

युक्रेनका रुसमर्थित पूर्वराष्ट्रपति भिक्टर यानुकोभिचको सल्लाहकार रहँदा उनले कमाएको दशौँ लाख डलर अमेरिकी सरकारसँग लुकाएको र बैंकसँग झूठो बोलेर ऋण लिएको अभियोजनकर्ताले पत्ता लगाएका थिए । त्यसैक्रममा उनी विभिन्न अभियोगमा दोषी पाइएका थिए ।

सन् २०१६ मा उनी राष्ट्रपतिका प्रत्याशी डोनाल्ड ट्रम्पको राष्ट्रपतीय अभियानका अध्यक्ष समेत रहेका थिए ।

यता राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिवक्ता रुडी गुइलिनीले भने म्यानाफोर्टलाई बेकारमा दुःख मात्र दिइएको प्रतिक्रिया दिएका छन् ।

यद्यपि राष्ट्रपति ट्रम्पले उनलाई राष्ट्रपतीय माफी दिनसक्ने संभावना समेत रहेको बताइन्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ५ : ३३ बजे

बिपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने

चितवन– नेपाली कांग्रेस चितवनले १११औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान

ताइवानमा ‘यागी’ आँधी: चार जनाको मृत्यु ७८ जना घाइते

काठमाडौं– ताइवानमा यागी आँधीका कारण चार जनाको मृत्यु भएको छ

इंग्ल्यान्डका क्रिकेटर मोइन अलीले लिए सन्‍न्‍यास

काठमाडौं- इंग्ल्यान्ड क्रिकेट टीमका अलराउन्डर मोइन अलीले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– दाङमा ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शान्तिनगर

एलन मस्कको मंगल मिशन : दुई वर्षभित्र पहिलो स्टारशिप पठाउने 

काठमाडौं– स्पेसएक्सले आगामी दुई वर्षभित्र आफ्नो सबैभन्दा ठूलो रकेट स्टारशिप