नेकपा सचिवालय बैठक– सीके राउतसँगको सहमतिमा वामदेव र नारायणकाजीको आपत्ति « Khabarhub

नेकपा सचिवालय बैठक– सीके राउतसँगको सहमतिमा वामदेव र नारायणकाजीको आपत्ति


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ ।

स्वतन्त्र मधेश गठवन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिलाई अनुमोदन गर्न बसको सचिबालय बैठक सकिएको हो ।

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट राउतले हस्ताक्षर गरेको ११ बुँदे सम्झौतालाई बैठकमा प्रस्तुत गरिएको थियो ।

‘पृथकतावाद छोडेर राष्ट्रिय अखण्डता कायम गर्न हामी सम्झौता गछौं’ भन्ने भाषा प्रयोग गरि गरिएको सम्झौताप्रति नेकपा सचिवालय बैठकमा सहमति जुट्न सकेन ।

सचिवालय सदस्यहरु वामदेव गौतम र प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले राउतसँग गरिएको सम्झौताको भाषामा आपत्ति जनाएको स्रोतले जानकारी दियो ।

‘यो सरकारसँगको सम्झौता हो, यसलाई पार्टी स्वीकार गर्न सक्दैन’ गौतम र श्रेष्ठले सचिवलय बैठकमा भने ।

सम्झौता दुई देशको जस्तो गरी भएको र सीके राउतको प्रतिवद्धता कतै नदेखिएको मा गौतम र श्रेष्ठको आपत्ति थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १ : ३३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको