‘देश टुक्रयाउनुपर्छ’ भन्ने सीके राउत को हुन् ? « Khabarhub

‘देश टुक्रयाउनुपर्छ’ भन्ने सीके राउत को हुन् ?


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेशलाई नेपालबाट टुक्रयाएर अलग राज्य बनाउनुपर्छ भन्ने अभियान चलाई रहेका सीके राउतसँग सरकारले ११ बुँदे सम्झौता गरेको छ ।

सम्झौतामा पृथकतावाद त्याग्ने घोषणा राउतले सरकारसँग गरेका छन् ।

मधेसलाई नेपालबाट टुक्राउनुपर्छ भन्ने अभियान नै चलाउने राउत को हुन् त ?

सप्तरीको महादेव गाउँमा जन्मिएका डा. चन्द्रकान्त राउत(सीके) अमेरिकामा वैज्ञानिकका रुपमा कार्यरत थिए ।

वैज्ञानिकको रुपमा रहेका राउत सन् २०११ को अन्त्यमा त्यहाँबाट राजीनामा दिएर राजनीति गर्नका लागि नेपाल फर्किएका थिए ।

उनले नेपाली युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभुषण लगायतका विभिन्न सम्मानसमेत प्राप्त गरेका छन् ।

राउतले ललितपुरको पुल्चोक क्याम्पसबाट इलेक्ट्रोनिक्स इन्जिनिररिङमा स्नातक गरेका छन् ।

अमेरिकामा रहँदा उनी गैरआवासीय मधेशी संघको संस्थापक अध्यक्ष बनेका थिए ।

जापान सरकारले दिने छात्रवृत्तिमा अध्ययन गर्न राउत जापान गएका थिए । उनले जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरेका थिए ।

राउतले आफ्ना आत्मकथा ‘बैरागदेखि बचाउसम्म’ पुस्तकमा रितिक रोशन काण्ड र इराकका आतंकवादीहरुले नेपालीहरुको हत्या गरेपछि काठमाडौमा भएको दंगालाई मधेसीमाथिको दमनको रुपमा लिएको उल्लखे गरेका छन् ।

अमेरिकाबाट नेपाल फर्किएपछि राउतले विखण्डनको पक्षमा बोल्न शुरु गरेका हुन् ।

स्वतन्त्र मधेर र अलग राज्यको माग उनले अघि सारे । विखण्डनको माग गर्दै हिँडेका राउत पटक पटक पक्राउ परेका थिए । उनीविरुद्ध राज्य विप्लवको मुद्दा दायर हुने गरेको थियो । राउतलाई पश्चिमा देशहरुले नेपाल विरुद्ध प्रयोग गरेको आरोप लाग्ने गरेको छ ।

सन् २००६ मा मधेस आन्दोलन शुरु हुँदा उनीसहितको समूहले स्वतन्त्र मधेशको अर्को कुनै विकल्प नभएको भन्दै ‘एलायन्स फर राइट्स एण्ड इन्डिपेन्डेन्स अफ मधेश’ को स्थापना गरेका थिए ।

उक्त गठबन्धनको मुख्य नारा नेपाली उपनिवेश र रंगभेदको अन्त्य, मधेशीको समोचित अधिकार र मधेशको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेशको स्थापना’ रहेको थियो ।
राउत नेतृत्वको समूहले आफ्नो छुट्टै झण्डा, मधेशको छुट्टै राष्ट्रियगान तयार गरेका थिए ।

विहीवार सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायधीश पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई साधारण तारेखमा रिहा गरेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  २ : ०६ बजे

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो