‘चट्ट रुमाल’ पछि मेलिनाको गुनासो – ट्रेन्डिङ र भ्युजको प्रतिस्पर्धाले चपेटामा पारियो « Khabarhub

‘चट्ट रुमाल’ पछि मेलिनाको गुनासो – ट्रेन्डिङ र भ्युजको प्रतिस्पर्धाले चपेटामा पारियो


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही हप्ताअघि रिलिज भएको फिल्म ‘यात्रा’मा समावेश गीत ‘चट्ट रुमाल क्या मालुम’ लाई फाइनल नगरी अपलोड गरिएको भन्दै गायिका मेलिना राईले असहमति जनाएकी छिन् ।

पछिल्लो समय एकपछि अर्को चर्चित गीत दिएकी मेलिनाले फिल्म ‘आफ्नो मान्छे’ को रिमेक भर्जनमा स्वर दिएकी थिइन् । उनीसँगै धर्मेन्द्र सेवानको पनि गीतमा आवाज छ ।

मेलिनाले कुनै पनि गीत गायकले गाइसक्नुभएको र उही बेला ‘सुपरहिट’ भइसकेको गीतलाई रिमेक गरेर बजारमा ल्याउँदा ठूलो च्यालेञ्ज हुने तर निर्माण टिमका कारण फाइनल गीत अपलोड नगरिँदा गीतको मर्म बिग्रेको आरोप लगाइन् ।

‘पूरा मिहिनेत गर्न पछि परेका थिएनौँ, मैले दुईपटक भोकल गरेकी थिएँ, सुमन केसीले तीनपटक भोकल गर्नुभएको थियो, श्यामश्वेत दाइले तीनपटक मिक्सिङ गर्नुभयो,’ मेलिनाले फेसबूकमा लेखेकी छिन्, ‘त्यति धेरै तयार गरेर भएको फाइनल गीत नराखेर उही थोत्रे पुरानो नै राखियो, सयौँ अनुरोध गरियो फाइनल गीत रिप्लेस गरियोस् भनेर तर ट्रेन्डिङ र भ्युजको अस्वस्थ प्रतिस्पर्धाको चपेटामा हामी पनि परियो ।’

यो गीतलाई युट्युबमा रिलिज गरिएपछि फ्यानले गालीको वर्षा गरेका थिए । गीतले पुरानो गीतको मर्म बिगारेको र भिडियोको कोरियोग्राफी पनि झुर भएको फ्यानले समेत आरोप लगाएका छन् ।

यस्तो बेलामा कतिपयले भने मेलिनाले आफ्नो ‘बचाउ’ गर्न यस्तो स्टाटस लेखेको अनुमान गरेका छन् । पछिल्लो समय मेलिना राई सबैभन्दा लोकप्रिय गायिकामा गनिन्छिन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ३ : १९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।