सीके राउतसँगको सम्झौता कार्यक्रममा किन आएनन् नेकपाका नेता ? « Khabarhub

सीके राउतसँगको सम्झौता कार्यक्रममा किन आएनन् नेकपाका नेता ?


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतबीचमा ११ बुँदे सम्झौता भएको छ ।

देश विखण्डनको माग गर्दै आएका राउतले विखण्डनको माग छोडेर राष्ट्रिय राजनीतिमा सहभागी हुने सहमति गरेका छन् ।

लामो समयदेखि तराई मधेश अलग राज्यको माग गर्दै अभियान चलाइरहेका राउतलाई सरकारले गम्भीर रुपमा लिँदै आएको थियो । उनी बेलाबेलामा राज्य विप्लवको मुद्दमा जेल पर्दै आएका थिए । पछिल्लो समय पाँच महिना जेल बसेका उनै राउतसँग सरकारले ११ बुँदे सहमति गरेको छ ।

सीके राउतसँग सम्झौता गर्नका लागि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रामबहादुर थापाले विशेष भूमिका खेलेका थिए ।

विखण्डनको नारा लिएर हिँडेका राउतलाई मूलधारको राजनीतिमा ल्याउने सम्झौता सरकारले गरेसँगै त्यसको अनुमोदनका लागि शुक्रवार सत्तारुढ दल नेकपाको सचिवालय बैठक समेत बसेको थियो ।

नेकपामा असन्तुष्टि ?

प्रधानमन्त्री केपी शर्मा ओलीले राउतसँगको सम्झौता देशका लागि नयाँ प्राप्ति भएको र यो निकै महत्वपूर्ण उपलव्धि भन्दै राष्ट्रियसभा गृहमा बोलिरहँदा नेकपाका शीर्ष नेतृत्वका लागि राखिएको कुर्सीहरु खाली देखिएको थियो ।

राष्ट्रिय सभागृहमा कार्यक्रम हुनुभन्दा आधा घन्टा अघि बसेको सचिवालय बैठकमा उपस्थित भएका नेताहरु समेत महत्वपूर्ण भनिएको कार्यक्रममा सहभागी भएनन् ।

पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल, झलनाथ खनाल कार्यक्रममा देखिएनन् । त्यस्तै वामदेव गौतम प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि कार्यक्रममा देखिएनन् ।
यस्तो महत्वपूर्ण कार्यक्रममा किन जानु भएन भन्ने प्रश्नमा नेकपाका सचिवालय सदस्य समेत रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू यूरिक एसिडको विरामी भएका कारण कार्यक्रममा जान नसकोे प्रतिक्रिया दिए ।

‘विहान सचिवालय बैठकमा निर्णय भयो, बिखण्डनको माग लिएर हिडेका व्यक्तिसँग भएको सहमति राम्रो कुरा हो’झलनाथले भने‘यसले तराईमा भइरहेको हिंसामा समेत कमी ल्याउँछ ।’

विहान बसेको सचिबालय बैठकमा सरकारले राउतसँग गरेको सम्झौताका भाषाको विषयमा मतभेद भएको थियो । बैठकमा नेताहरु वामदेव गौतम र नायारणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका थिए । उनीहरुले सम्झौता दुई राष्ट्रबीच जस्तो भएको र सीके राउतका पक्षबाट केही प्रतिवद्धताहरु नआएको भन्दै असन्तुष्टि जनाएका थिए ।

क्षेत्रीय चुनौतीका रुपमा रहेका सीके राउत मूलधारको राजनीतिमा आउनु वा उनीसँग सम्झौता हुने कुरालाई आम सर्वसाधारणले निकै महत्वका रुपमा लिएका छन् । लामो समयदेखि विखण्ड्नको नारा लगाइरहेका राउतसँग सम्झौता हुनु उपलव्धिको कुरा भएपनि नेताहरु नआएको विषय भने राष्ट्रिय सभामा उपस्थित नेकपाका कार्यकर्ता र सीके राउतका समर्थकबीच कानेखुसीको विषय बन्यो ।

कार्यक्रममा नेकपाका तर्फबाट प्रधानमन्त्री केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राउतसँग हस्ताक्षर गरेका गृहमन्त्री रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल उपस्थित भएपनि माधव नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित भएनन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ३ : ४४ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट