बझाङबाट नेकपाकी सांसद मल्ल बेपत्ता, अपहरण भएको स्थानीयको भनाइ « Khabarhub

बझाङबाट नेकपाकी सांसद मल्ल बेपत्ता, अपहरण भएको स्थानीयको भनाइ


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङको बुँगल नगरपालिकाबाट सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की एक प्रदेश सांसद सम्पर्कविहीन भएकी छन् ।

विजगडा भन्ने ठाउँबाट फर्किदै गर्दा प्रदेश सांसद नेकपाकी प्रदेशसभा सांसद देवकी मल्ल सम्पर्कविहीन भएकी हुन् ।

देवकी मल्ल बझाङ प्रदेशसभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद हुन् ।

प्रहरीले सांसद मल्ल सम्पर्कविहीन भएको पुष्टि गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले सांसद मल्ल सम्पर्कविहीन भएको सूचना आएको बताए ।

स्थानीयले भने सांसद मल्लको अपहरण भएको बताएका छन् ।

मुखमा पट्टी बाँधेर आएका अज्ञात व्यक्तिले सांसद मल्ललाई नियन्त्रणमा लिएर लगेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ४ : ०७ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा