अपहरणमा परेकी भनिएकी सांसद स्थानीय प्रशासनको सम्पर्कमा « Khabarhub

अपहरणमा परेकी भनिएकी सांसद स्थानीय प्रशासनको सम्पर्कमा


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङको बुँगल नगरपालिकाबाट अपहरणमा परेकी भनिएकी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की एक प्रदेश देवकी मल्ल स्थानीय प्रशासनको सम्पर्कमा आएकी छन् ।

बुंगल नगरपालिकाको विजगडा भन्ने ठाउँबाट फर्किदै गर्दा नेकपाकी प्रदेशसभा सांसद देवकी मल्ल सम्पर्कविहीन भएकी थिइन् ।

बझाङ प्रदेशसभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद मल्ललाई नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका स्थानीयको भनाइ थियो ।

यद्यपि, सम्पर्कविहीन भएको भनिएको करिब ३ घन्टापछि मल्ल आफूहरुको सम्पर्कमा आएको बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले खबरहबलाई जानकारी दिए ।

‘माननीय ज्यू सम्पर्कविहीन भएको भन्ने सूचना आएपछि हामीले उहाँसँग सम्पर्क गर्न खोजेका थियौं,’ प्रमुख जिल्ला अधिकारी सुनारले खबरहबसँग भने, ‘अहिले उहाँ हाम्रो सम्पर्कमा आउनु भएको छ । उहाँसँग मेरो टेलिफोनमा कुराकानी भएको छ ।’

प्रजिस सुनारले सांसद मल्ल जिल्ला सदरमुकाम चैनपुर पुग्न लागेको पनि जानकारी दिए ।

खबरहबको सम्पर्कमा आएका केही स्थानीयले भने मल्लको अपहरण भएको बताएका थिए । मुखमा पट्टी बाँधेर आएका केही व्यक्तिले सांसद मल्ललाई नियन्त्रणमा लगेर गएका एक स्थानीयले खबरहबलाई जानकारी दिएका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ५ : २५ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर